एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्ष भएपछि बधाई खाँदै पाण्डे, तस्बिरहरु
मङ्गलबार, ११ भदौ २०८१, १६ : ३५
![एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्ष भएपछि बधाई खाँदै पाण्डे, तस्बिरहरु](https://npcdn.ratopati.com/media/news/rajendra-pandey_XgAfocTUyL.jpg)
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा निर्विरोध चयन भएपछि राजेन्द्रप्रसाद पाण्डेलाई पार्टीका नेता तथा कार्यकर्ताले बधाई दिन थालेका छन् । पाण्डे मंगलबार एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्ष निर्विरोध चयन भएका हुन् ।
एकीकृत समाजवादीमा वरिष्ठ उपाध्यक्षसहित १८ पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको थियो । तर वरिष्ठ उपाध्यक्षमा अन्य नेताको उम्मेदवारी नपरेपछि उनी निर्विरोध चयन भएका हुन् । अव एकीकृत समाजवादीमा १७ पदाधिकारीका लागि निर्वाचन हुने छ । यसअघि अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसहमतिबाट चयन भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी राष्ट्रपति पुटिनसँग फोन वार्तापछि युक्रेन युद्धबारे के भने ट्रम्पले ?
-
नगरको नारा, ‘एक घर एक धारा’
-
रातोपाटी ब्रिफिङ : राजीनामा बुझाएका व्यक्ति एआईजी बढुवादेखि मेलम्चीको पाइप फुटेपछि काठमाडौं जिल्ला अदालतका फाँटमा क्षतिसम्म
-
कोशी प्रदेशका ७ वटा स्थानीय तहले दिए सार्वजनिक बिदा
-
जनयुद्ध दिवसको पूर्व सन्ध्यामा वाइसिएलद्वारा पेरिसडाँडामा दीप प्रज्वलन
-
जनयुद्ध दिवसमा गण्डकी गाउँपालिकाले पनि दियो सार्वजनिक बिदा