शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय

कस्मेटिक सर्जरीमा डाक्टरले महिलाको आँखाको डल्लोलाई कुनाको छालामा टाँसेर सिलाएपछि

मङ्गलबार, ११ भदौ २०८१, १६ : २०
मङ्गलबार, ११ भदौ २०८१

बेइजिङ । चीनमा एउटा अनौठो घटना भएको छ । प्लास्टिक सर्जरी गर्न गएकी एक महिलाको आँखाको डल्लोलाई कुनाको छालामा टाँसेर सिइदिएको घटना बाहिर आएको छ । 

यो घटनापछि महिलाको दृष्टिमा समस्या भएको र उनी डिप्रेशनमा गएको बताइएको छ । यो घटना सन् २०२१ को हो । चीनको शान्दोङ प्रान्तको वेइफाङकी झाङ नामक ती महिलाले आँखाको ढकनीको डबल सर्जरी गराइन् । आँखाको बाहिरी कुना बेमेल भएकोले उनले वेइफाङ कुइवेन लेरिन्दु मेडिकल ब्युटी क्लिनिकमा आँखाको ढकनीको दोहोरो शल्यक्रिया गराएकी थिइन् ।

सर्जरी भइरहँदा नै महिलालाई अप्ठ्यारो भइरहेको थियो । सर्जरी सकिएपछि आफ्नो देब्रे आँखाको डल्लो कुनाको छालामा सिलाएको पाइन् । शुरुमा त डाक्टरले सबै ठिक छ भनेर टार्न खोजे । उनले धमिलो देखिन् । अनि आँखाको डल्लोलाई धेरै चलाउन पनि सकिनन् । घटनाका कारण भएको शारीरिक र मानसिक पीडाबाट उनी अझै गुजिरहेकी छिन् । डाक्टरले अलिकति ‘एड्जष्टमेन्ट’ मात्रै गर्ने हो भनेका थिए ।

‘तर डाक्टरले सिलाइरहँदा मेरो आँखाको डल्लोमा अलिक अप्ठ्यारो भयो ।’ झाङले हालै सोहु भिडियोमा भनेकी छिन् । स्टिच हटाएपछि आँखाको डल्लो र कुनामा धागो जस्तो तन्किएको देखिन् । डाक्टरले यो केही पनि होइन यसलाई छुट्याउन अर्को सर्जरी गर्नु पर्छ भने । तर त्यसपछि गरिएको शल्यक्रिया सफल भएन । झाङ्गको देब्रे आँखा सुन्नियो । शल्यक्रिया गरेको एक हप्तापछि आँखाको डल्लो र कुना एकै ठाउँमा टाँसिए । आँखाको दृष्टि धमिलो भयो यो समस्या सुल्झाउन झाङ्गले शाङहाईको अस्पतालमा शल्यक्रिया गराउँदैछिन् । तर उनीसँग पैसा छैन ।

ब्यूटी क्लिनकमा शुरुमा सर्जरीका लागि उनले ३० हजार युआन (४ हजार २०० डलर) तिरेकी थिइन् । शल्यक्रिया बिग्रिएपछि उनले आफूले तिरेको पूरै पैसा फिर्ता मागेकी थिइन् । तर शल्यक्रिया गर्ने डाक्टरले पैसा फिर्ता गर्न मानेनन् । समस्या सामान्य भएको र स्थानीय स्तरमा अर्को शल्यक्रिया गरेर ठिक हुन्छ भन्दै उनले १० हजार युआन मात्रै फिर्ता दिए । यो पैसाले शाङहाईमा गएर शल्यक्रिया गर्न गाडी भाडा पनि नपुग्ने महिलाको भनाइ छ । चीनमा डबल आईलिड सर्जरी निकै चर्चित छ । आफूले भोगेको जस्तो समस्या अरुले नभोगुन् भनेर आफ्नो पीडा अहिले सार्वजनिक गरेको महिलाको भनाइ छ  ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप