प्रधानमन्त्री र मन्त्रीहरूलाई संसदीय समितिको निर्देशन : भाषण होइन काम गर्नुस्

काठमाडौँ । संसदीय समितिले प्रधानमन्त्री र मन्त्रीहरूलाई काममा बढी ध्यान दिन निर्देशन दिएको छ । मंगलबार विकास, आर्थिक मामिला तथा सुशासन समितिले प्रधानमन्त्री र मन्त्रीले भाषण भन्दा पनि काम गर्ने आवश्यक रहेको भन्दै धेरै नबोल्न निर्देशन दिएको हो ।
समिति बैठकमा बोल्दै सभापति कमला पन्तले जनता प्रधानमन्त्री र मन्त्रीहरूले भाषण भन्दा पनि काम गरेको हेर्न चाहेकाले भाषण भन्दा पनि काम गर्न आग्रह गरिन् । उनले विशेष गरी प्रधानमन्त्रीले बोल्ने कुराहरू कानुन जस्तै भएकाले प्रधानमन्त्रीले भाषण भन्दा पनि काम गर्न आवश्यक रहेको बताइन् ।
उनले भनिन्, ‘कृषिमा आधारित उद्योगहरू बढाउने विषयमा कमजोर भयौँ । कृषि र उद्योग मन्त्रालयको समन्वयमार्फत लगानीको वातावरण बनाउनु प¥यो । सरकारले उद्योगमा लगानीमैत्री वातावरण बनाउन सक्नुपर्छ । प्रधानमन्त्री तथा सरकारका मन्त्रीहरूलाई पनि बोल्ने भन्दा पनि काम गर्नुस् । प्रधानमन्त्री र मन्त्री फिल्डमा जाने भाषण गर्ने भन्दा पनि नबोल्नुस् अहिले काम गर्नुस् । काम गरेपछि बोलेको भन्दा बढी हुन्छ । जनता मन्त्रीहरूको भाषण सुनेर दिक्क भएका छन् । समितिहरूका कमजोरीहरू पनि छन् । विधायकी भूमिकामा बस्नेहरूको पनि निगरानी पुगेन । प्रधानमन्त्रीले बोलेको कुरा कानुन हो । धेरै बोलेर के अर्थ हुन्छ । बोल्नु भएन काम गर्नुपर्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक