बहुप्रतिक्षित ‘टाटा पन्च’ ३३ लाख ९९ हजार रुपैयाँमै उपलब्ध
काठमाडौँ । टाटा मोटर्सको बहुप्रतिक्षित नयाँ मोडल ‘टाटा पन्च’ नेपाली बजारमा ३३ लाख ९९ हजार रुपैयाँमा नै सार्वजनिक भएको छ । नाडा अटो शो, २०२४ को करिब एक महिना अघि नै नेपालमा टाटा पन्च भित्र्याइएको भएपनि कम्पनीले मूल्य भने सार्वजनिक गरेको थिएन ।
तर, मंगलबारदेखि शुरु भएको नाडा अटो शोको अवसरमा नै कम्पनीले टाटा पन्चको मूल्य घोषणा गरेको हो । कम्पनीले ल्याएको टाटा पन्चको एस एमआर भेरियन्टको ३३ लाख ९९ हजार तोकेको छ भने एलआर भेरियन्टको ३६ लाख ९९ हजार र एस एलआर भेरियन्टको ३८ लाख ९९ हजार तोकेको छ ।
टाटाले डेडिकेटेड ईभी प्लेटफर्म ‘एक्ट ईभी’मा बनाएको पहिलो मोडल पन्चको पफर्मेन्स उत्कृष्ट रहेको छ । पन्चको अगाडि कनेक्टेड एलइडी डीआरएल, स्प्लीट हेडलाइट तथा मस्कुलर बडी सेपले गाडीको फस्ट लुक्स एकदमै आकर्षक देखिन्छ ।
नयाँ डिजाइनको टु स्पोक फ्ल्याट बटम स्पोर्टी स्टेरिङ ह्वील, १०.२५ इन्चको फ्लोटिङ सेन्टर स्क्रीन तथा फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरका साथै लेदरेट सिट कभरले यसको फस्ट इम्प्रेसन नै प्रिमियम देखिन्छ ।
टाटाले पन्च ईभीमा भेन्टिलेटेड सिट दिएको छ । ३६० डिग्री क्यामेरा र सेन्टर कन्सोलमा दिएको रोटरी गियर सेलेक्टर यसको अर्को उत्कृष्ट फिचर हो । इलेक्ट्रीक पार्किङ ब्रेक तथा वायरलेस मोबाइल चार्जिङ प्याड प्रयोग गर्न एकदमै सहज छ । माइक्रो एसयूभी सेग्मेन्टमा बने पनि सनरुफ दिइएको कारण उत्कृष्ट लाग्छ । अझ भ्वाइस कमाण्डबाटै सनरुफ खोल्न र बन्द गर्न सकिन्छ ।
यसको पछाडि पनि ठुलो स्थान छ । आर्मरेष्ट सहितको सिट छ भने रियर एसी भेन्ट छैन । तर, अगाडिकै ब्लोअरले पछाडिसम्म चिसो बनाउन सक्ने रहेछ ।
पन्च ईभीमा १६ इन्चको ह्वील, १९० एमएमको ग्राउण्ड क्लियरेन्स तथा ठुलो एसयूभीहरूको जस्तै ९० किलोवाटको मोटर छ । ईको मोडमै चलाउँदा पनि ओभरटेक गर्न एकदमै कन्फिडेन्ट आउँदो रहेछ । बढी पावर चाहिएमा स्पोर्ट्स मोड छँदैछ । पन्च ईभीमा ३५ किलोवाट आवरको ब्याट्री छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत र अमेरिकाका विदेशमन्त्रीहरूको भेटवार्तामा के भयो कुराकानी ?
-
नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’
-
टर्कीको रिसोर्टमा आगलागी, मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो
-
ट्रम्पको शपथ ग्रहण लगत्तै पुटिन र सीबिच भिडियो कल
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
तीनबुँदे सहमति गरेर कांग्रेसले खोल्यो पोखरा महानगरमा लगाएको ताला