चिनियाँ जासुस जहाज आफ्नो हवाई क्षेत्रमा छिरेको जापानको आरोप

टोकियो । चीनको जासुस जहाजले आफ्नो हवाई क्षेत्रमा अतिक्रमण गरेको आरोप जापानले लगाएको छ । चीनले यसरी जापानी हवाई क्षेत्रमा आफ्नो जासुस जहाज नै पठाएर हवाई क्षेत्र मिचेको यो पहिलो पटक हो ।
वाई–९ सर्भिलियन्स विमान दाञ्जो क्षेत्रमाथिको हवाई क्षेत्रमा घुसेपछि जापानले पनि लडाकु विमान ठिक्क पारेको थियो । सो विमान स्थानीय समयअनुसार सोमबार मध्याह्न ११ः२९ बजेपछि २ मिनेटसम्म जापानी हवाई क्षेत्रमा रहेको बताइएको छ । यो उल्लंघनलाई जापानी मन्त्रीपरिषद्का मुख्य सचिवले ‘बिलकुलै अस्वीकार्य’ भनेका छन् ।
यसको विरोध गर्न उनले तत्कालै जापानस्थित चिनियाँ दूतावासका अधिकारीलाई पनि बोलाएका थिए । सो क्षेत्रमा दबाब बढ्दै गएको स्थितिमा यो घटना भएको हो । सोमबारको अतिक्रमणपछि जापानी अधिकारीहरूले चिनियाँ विमानविरुद्ध सूचना र चेतावनी जारी गरेका थिए ।
चीनले फलेयर गन जस्ता हतियारको प्रयोग नगरेपनि यो घटनाले चिन्ता भने बढाएको छ । यो अतिक्रमणको विरोध गर्न चीनले कूटनीतिक च्यानलमार्फत बेइजिङलाई सम्पर्क गर्ने र भविष्यमा यस्ता उल्लङ्घन रोक्न भन्ने भएको छ । यस मामिलामा बेइजिङले आधिकारिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माकलबारी घटना : सापटी फिर्ता माग्न जाँदा ६ जना मिलेर हत्या
-
सीजी इलेक्ट्रोनिक्सद्वारा 'सीजी इलेक्ट्रिक डिलर्स मिट २०८१' सम्पन्न
-
४०% सम्म क्यासब्याक दिन एलजी नेपालको अफर
-
पूर्खाको मेहनत र परिश्रमको चिनो सम्पदाको संरक्षण हाम्रो साझा दायित्व : राष्ट्रपति पौडेल
-
आइपीयुको दिगो विकास स्थायी समितिमा सांसद डा.शाक्य निर्वाचित
-
रुपन्देहीको एक सहकारीमा चोरी, सीसीटीभी समेत गायब