आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

विश्व क्रिकेटमा विचित्रको घटना, ओपनर ब्याट्सम्यान १३७ बल खेल्दै शून्य रनमा अविजित !

मङ्गलबार, ११ भदौ २०८१, १५ : ३६
मङ्गलबार, ११ भदौ २०८१

काठमाडौँ । क्रिकेट अचम्मको खेल हो । अन्य खेलको तुलनामा यो खेलमा कीर्तिमान पनि बढी नै बन्छन् । केही कीर्तिमान त अचम्मै लाग्ने पनि हुन्छन् । यस्तै एउटा अचम्मको घटना इङ्ल्यान्डको घरेलु क्रिकेटमा भएको छ ।

इङ्ल्यान्डको हालै सम्पन्न तल्लो श्रेणीको एक प्रतियोगिताका क्रममा दुई ओपनर ब्याट्सम्यानले विचित्र खेलको प्रदर्शन गरेका छन् । त्यो खेलमा ओपनिङ ब्याट्सम्यानको भूमिका ओर्लने खेलाडी पनि बाबु–छोरा हुन् । बाबु इयान बेस्टविक र उनका छोरा थोमस ओपनिङ ब्याट्सम्यानका रूपमा आएका थिए ।

‘अचम्मै भयो ! यो घटना त संशारभर फैलिए छ,’ ४८ वर्षीय इयानले बीबीसीसँगको कुराकानीमा भनेका छन्, ‘खासगरी अस्ट्रेलिया, पाकिस्तान, कतारलगायतका देशमा यो घटनाको बढी चर्चा भएको रहेछ । मलाई संशारभरबाट मित्र बन्न अनुरोध पनि आइरहेको छ ।’

पछिल्लो समय इङ्ल्यान्डको राष्ट्रिय टोली आक्रामक शैलीको क्रिकेट खेल्नु पर्छ भन्ने मान्यता राख्छ । तर, इङ्ल्यान्डकै घरेलु क्रिकेटमा बाबु–छोराको ओपनिङ जोडीले त्यो खेलमा दुई सय आठ बलको सामना गरी केवल चार बल बनाएर गजबको कीर्तिमान बनाए ।

त्यो खेल डर्बिसियर क्रिकेट लिगका क्रममा डार्ली एबी क्रिकेट क्लब चौथो–११ र मिक्लेओभर तेस्रो–११ बिच खेलिएको थियो । त्यो खेलमा बाबु इयान बेस्टविकले त हदै गरेका थिए । एक सय ३७ बलको सामना गरेका उनी शून्य रनमा अविजित रहेका थिए ।

मिक्लेओभरले पहिले चार विकेट गुमाएर दुई सय ७१ रन बनाएको थियो । मिक्लेओभरका लागि ओपनर ब्याट्सम्यान म्याक्स थम्पसनले केवल एक सय २८ बलमा एक सय ८६ रन बनाएका थिए । जवाफी ब्याटिङ गरेको डार्ली एबी क्रिकेट क्लबले भने ४५ ओभरमा चार विकेट गुमाएर केवल २१ रन बनाएको थियो ।

क्रिज समाल्न आएका डार्ली एबीका ६ मध्ये कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेका थिएनन् । चार ब्याट्सम्यानले त खातासम्म खोल्न सकेनन् । डार्ली एबीले नौ रन त अतिरिक्त रूपमा पाएको थियो । यो कुनै पनि ब्याट्सम्यानले बनाएभन्दा बढी रन थियो ।

इयानका छोरा थोमसले भने ७१ बलको सामना गरी चार रन बनाएका थिए । त्यो रन पनि थोमसले चौकामार्फत लिएका थिए । अन्यथा यी बाबु–छोराको ओपनिङ जोडीले अधिकांश बल ‘डट’ खेलेको थियो । त्यो खेल बराबरीमा सकिए पनि नियमअनुसार, मिक्लेओभरले बढी अंक पाएको थियो ।

‘अचम्मै भयो ! यो घटना त संशारभर फैलिए छ,’ ४८ वर्षीय इयानले बीबीसीसँगको कुराकानीमा भनेका छन्, ‘खासगरी अस्ट्रेलिया, पाकिस्तान, कतारलगायतका देशमा यो घटनाको बढी चर्चा भएको रहेछ । मलाई संशारभरबाट मित्र बन्न अनुरोध पनि आइरहेको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप