ओली नेतृत्वको सरकार हावा भरिएको बेलुनजस्तै हो : सांसद घर्ती

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद पूर्णबहादुर घर्ती मगरले केपी ओली नेतृत्वको सरकार हावा भरिएको बेलुन भएको र कुन दिन फुट्ने निश्चित नभएको बताएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले वर्तमान सरकारको नैतिकता र कुसलता उदाङ्गो भएको विभिन्न घटनाक्रमले देखाइसकेको दाबी गरे ।
‘बेचन झा र प्रतीक थापा पक्रने डीआईजी मनोज केसी सरुवामा, गिरिबन्धुमा सरकारको बचाउ, बक्यौता नर्तिने उद्योगमा प्राधिकरण प्रमुखलाई लाइन जोड्न प्रधानमन्त्रीको फर्मान, अपराध कार्यमा संलग्नहरूलाई प्रदेश सरकारको मन्त्री बनाउने जस्ता घटनाले सरकारको नैतिकता र कुशलता उदाङ्गो बनाउँछ,’ उनले भने ।
सांसद घर्तीले प्रशासनिक सङ्घीयता सम्बन्धी सङ्घीय निजामती ऐन पारित हुन नसकेको बताए । उनले यही अधिवेशनमा निजामती ऐन, शिक्षा ऐन, प्रहरी ऐन पारित गरेर देखाउन पनि चुनौती दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सुझाएका विषयहरू सरकारले चरणबद्ध कार्यान्वयन गर्छ: अर्थमन्त्री
-
दुर्गा प्रसाईँलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याइँदै
-
बुटवलमा आज एमालेको जागरणसभा, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्वोधन गर्ने
-
जसपा नेपाल रौतहटको अध्यक्षमा राजीव रञ्जन विजयी
-
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन सरकारलाई हस्तान्तरण
-
अख्तियारलाई हर्क साम्पाङको जवाफ : एनसेल-वाइडबडीतिर नलागेर श्रमदानको खेदो नखन्नु