निर्वाचन
एकीकृत समाजवादीमा निर्वाचन : मतदानअघि उम्मेदवारहरू भोट माग्न व्यस्त (फोटोफिचर)
मङ्गलबार, ११ भदौ २०८१, १५ : ०४
_nlNS0lPjEV.jpg)
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो सदस्यको निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम सूची प्रकाशित भएको छ ।
यससँगै उम्मेदवारहरू अन्तिम चरणको प्रचार प्रसारमा लागेका छन् । मतपत्र आउने बेलासम्म प्रचार प्रसारका लागि उम्मेदवारहरू मतदातासम्म पुगिरहेका हुन् ।
एकीकृत समाजवादीको १८ पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्य छनौटका लागि निर्वाचन हुन लागेको हो ।
मतदान ३ बजेदेखि हुने भनिएपनि मतपत्र छाप्ने काम चलिरहेकाले ढिलाइ हुने नेताहरूले बताएका छन् ।