एकीकृत समाजवादीको सचिव पदमा ४१ जनाको उम्मेदवारी (सूचीसहित)
मङ्गलबार, ११ भदौ २०८१, १४ : ४२

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीको सचिव पदमा ४१ जनाले उम्मेदवारी दिएका छन् ।
केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको सूचीअनुसार सचिव (दलित समुदायतर्फ) ३ जनाको उम्मेदवारी परेको छ।
यसैगरी सचिव (आदिवासी जनजातितर्फ) ३ जना तथा ५ जना निर्वाचित हुने खुला सचिव पदमा २६ जनाको उम्मेदवारी परेको छ । सो पार्टीमा कुल ७ जना सचिव निर्वाचित हुने प्रावधान छ । जसमा खुलातर्फ ५ जना निर्वाचित हुन्छ । एकीकृत समाजवादीमा सहमति जुट्न नसकेपछि पदाधिकारी र पोलिटब्युरो चयन गर्न निर्वाचन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरबाट ‘अभिमन्यु’को छायांकन सुरु
-
दोस्रो विश्वयुद्धपछिको विश्व व्यापार र नेपालमा यसको प्रभाव
-
हिरासतमा रवीन्द्र र धवलको मेन्युः मिनरल वाटर, स्याउ र काजु
-
राजावादीको उद्दण्डताले नजिकिए गणतन्त्रवादी दल, बुन्दै रणनीति
-
सांसद बोहराको शव भैरहवा ल्याइयो, भोलि पुनः काठमाडौँ लगेर अन्तिम श्रद्धाञ्जलि दिइने
-
जन्मदर्ता नहुँदा मारमा सडक बालबालिका