डेडिकेटेड र ट्रंक लाइन महसुलबारे प्रधानमन्त्रीलाई स्पष्टीकरण सोध्न जरुरी छ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै स्पष्टीकरण सोध्नुपर्ने माग गरेका छन् । उनले नेपाल विद्युत् प्राधिकरणलाई बक्यौता असुल गर्न रोक्ने र आफै अरूलाई आरोप लगाउने काम गरेको भन्दै प्रधानमन्त्रीलाई नै स्पष्टीकरण सोध्नुपर्ने माग गरेका हुन् ।
उनले प्रधानमन्त्री ओलीलाई २२ अर्ब असुल गरिने कुरा मन्त्रीपरिषदबाटै निर्णय गर्न पनि चुनौती दिए । संसद्को रोष्टममा उभिएर प्राधिकरणको नेतृत्वलाई आरोप फेसबुकबाट आरोप लगाउने काम गरेको उनले दाबी गरे ।
‘प्राधिकरणको रक्षा तपाईँको जिम्मेवारी होकि हैन । संसदबाटै प्राधिकरणका नेतृत्वलाई माफियाको बलमा कारबाही गर्न खोज्न मिल्छ,’ उनले भने, ‘ प्रधानमन्त्रीको नियत सही छ भने २१ अर्ब हैन २२ अर्ब असुल गरिने निर्णय मन्त्रीपरिषदबाट पारित गरोस् । ’
यो निर्णय भएमा प्रमुख प्रतिपक्ष दलको समर्थन रहने पनि उनले दाबी गरे । उनले अबको मन्त्रीपरिषदमा २२ अर्बको प्रस्ताव आएन भने प्रतिपक्षले राम्रैसँग बुझ्ने पनि दाबी गरे । उनले प्रधानमन्त्रीले फेसबुकमा प्रश्न सोध्ने नभई मन्त्रीपरिषदबाट निर्णय गर्नुपर्ने पनि बताए । उनले प्राधिकरणलाई काम गर्न नदिएर कसले गरेको हो भनि प्रश्न उठाए । उनले ६१ वटा औद्योगिक घरानाले पैसा नतिरेपछि लाइन काटिएको र त्यसलाई जोड्न निर्देशन दिनेको को हो ? प्रधानमन्त्री केपी ओली हैन भनि प्रश्न गरे । उनले ओली प्रधानमन्त्री हुँदा पटकपटक प्राधिकरणमा हस्तक्षेप भएको आरोप लगाए । उनले विगतमा यस्ता निर्णय गर्ने को हो ? अहिले फेसबुकबाट कसले पैसा घटायो भनि सोध्ने पनि ओली नै भएको भन्दै प्रधानमन्त्रीको दोहोरो शैली देखिएको आरोप लगाए । उनले अहिले बक्यौता उठाउन खोज्दा सात दिने स्पष्टीकरण कुलमान घिसिङलाई सोध्ने काम सरकारले गरेको भन्दै आफै बोक्सी र आफै झाँक्री बन्ने काम बन्द गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिथुआनिया पठाइदिने भन्दै ११ लाख ठग्ने गौतम पक्राउ
-
जीप दुर्घटना अपडेट : जीपमा सवार चारै जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : तीन वर्षदेखि विरामी सचिनलाई राज्यले गरेन सहयोगदेखि रविको ‘थाहा छैन’ थेगो संगठित अपराधको ‘कोड भाषा’!
-
बझाङमा जिप दुर्घटना, तीन जनाको मृत्यु
-
१२ अर्ब बजेटको समीक्षामा खर्बौंका आयोजनामाथि बहस
-
एमालेले भीम रावललाई निष्कासन गरेको विषयमा माओवादीले भन्यो– तानाशाही हर्कत !