सांसद खतिवडाको प्रश्न: आधारभूत अस्पताल किन बनेनन् ?
मङ्गलबार, ११ भदौ २०८१, १३ : ५७

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मंसिर १५ गते देशभरका पालिकामा उद्घाटन गरेको आधारभूत अस्पताल किन बनेन भनी प्रश्न उठाएका छन् ।
पालिकास्तरमा ६५७ अस्पतालको शिलान्यास एकै पटक भएको भए पनि चार वर्षसम्म बन्न नसकेको उनको भनाइ थियो ।
मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले अस्पतालको शिलान्यास भएको तर भवन निर्माणदेखि इक्वुपमेन्ट र जनशक्ति नहुने कार्य किन भएको छ भनी प्रश्न गरे ।
उनले यस्ता अस्पतालहरू सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण पनि गराए । ‘ यसरी उद्घाटन भएका कहीँ पनि अस्पताल बनेको छैन ’ उनले भने, ‘कहीँ भवन बनेर मूर्ति भएका छन् भने कहीँ भवन बन्यो तर जनशक्ति र औषधी छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
-
अवैध रूपमा भारतमा बसिरहेको आरोपमा १५ विदेशी पक्राउ, डिपोर्टको तयारी
-
प्रचण्डलाई प्रश्न– नेतृत्व कहिले छोड्नु हुन्छ ?
-
आईपीएलबाट बाहिरिए पन्जाबका तीव्र गतिका बलर लोकी फर्गुसन
-
प्रकाश सपुतको समीक्षा : २०८१ आफ्ना विरुद्ध शक्तिशाली भयो
-
अधिकांश तरकारीको मूल्य घट्यो, कुन कति घट्यो ?