शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय
समिति बैठक

मलेसियाका लागि प्रस्तावित राजदूतविरुद्ध समितिमा उजुरी

मङ्गलबार, ११ भदौ २०८१, १३ : ४०
मङ्गलबार, ११ भदौ २०८१

काठमाडौँ । मलेसियाका लागि प्रस्तावित राजदूत नेत्र प्रसाद तिम्सिनाविरुद्ध संसदीय समितिमा उजुरी परेको छ । उनले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्य समितिको अध्यक्ष हैसियतले कार्य गरिरहेकाले उनी राजदूत बन्न अयोग्य भएको जिकिर सहित समितिमा उजुरी परेको हो । 

‘मलेसियाका लागि राजदूत डा नेत्र प्रसाद तिम्सिना नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको अध्यक्ष हैसियतले कार्य गरिरहेको हो भन्ने सन्दर्भमा सम्मानित अदालतमा उजुरीहरू गरेको हुनाले निजको नेपाल रेडक्रस सोसाइटीमा संलग्नता जिम्मेवारी रही रहँदा राजदूतसम्बन्धी नियुक्ति मापदण्ड विपरीत हुने भएकोले राजदूत पदका लागि स्वतः अयोग्य रहेको ब्यहोरा अनुरोध छ’, उजुरीमा भनिएको छ । 

नेपाल रेडक्रस सोसाइटी वैदेशिक सहायता प्राप्त गर्ने संस्था रहे रहेको गोप्य उजुरीमा उल्लेख छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप