बाइडेन प्रशासनले सामग्री हटाउन दबाब दिएको मार्क जुकरबर्गको आरोप

वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले आफूहरूलाई कोभिडसँग सम्बन्धित पोस्टहरू काटछाट गर्न दबाब दिएको मेटा मालिक मार्क जुकरबर्गले भनेका छन् । मेटा फेसबुक, व्हाट्सएप र इन्स्टाग्रामको माउ कम्पनी हो । जुकरबर्गले अमेरिकी सदनको न्यायिक समितिलाई लेखेको पत्रमा आफूलाई दिएको दबाबबारे लेखेका हुन् ।
सन् २०२१ मा महिनौंसम्म व्हाइट हाउसका वरिष्ठ अधिकारीहरूले आफूहरूलाई कोभिड–१९ सँग सम्बन्धित सामग्री सेन्सर गर्न बारम्बार दबाब दिएको उनले पत्रमा लेखेका छन् । हटाउन भनिएको सामाग्रीमा व्यंग्य र व्यंग्यसँग सम्बन्धित सामग्री पनि रहेको बताइएको छ । आफूहरू यसका लागि सहमत नभएपछि आफ्नो टिमप्रति प्रशासनले निराशा व्यक्त गरेको पनि उनले लेखेका छन् ।
सामग्री हटाउने वा नहटाउने आफ्नो निर्णय भएको उनले बताए । आफ्नो निर्णयका लागि आफूहरू नै जिम्मेवार रहेको पनि उनले भनेका छन् । ‘सरकारले सिर्जना गरेको दबाब गलत थियो भन्ने मलाई विश्वास छ र हामीहरूले यस विषयमा बढी नबोलेकोमा मलाई खेद छ,’ उनले लेखका छन् । कुनै पनि प्रशासनको दबाबमा आएर हाम्रा सामग्रीको मापदण्डसँग सम्झौता गर्नु हुँदैन् भन्ने आफूलाई लागेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा रेबिज भ्याक्सिनको चरम अभाव, बिरामीहरू महँगोमा निजी क्लिनिक जान बाध्य
-
वर्षमान र जनार्दनलाई दायाँबायाँ लगाएर मर्निङवाकमा प्रचण्ड
-
आजदेखि माओवादीको तराई–मधेस जनजागरण अभियान ः के–के हुँदैछ ?
-
पाकिस्तानको भविष्य तय गर्ने न्युजिल्याण्ड र बंगलादेशको भिडन्त आज
-
बागमती गोल्डकप : चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै
-
भारत र पाकिस्तानबिचको खेलमा बने यी रेकर्ड