प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइसम्बन्धी कार्यतालिका सार्वजनिक
काठमाडौँ । विभिन्न १७ देशका लागि सिफारिस भएका राजदूतहरूको संसदीय सुनुवाइका लागि सम्भावित कार्यतालिका सार्वजनिक गरिएको छ । संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ अनुसार उनीहरूको सुनुवाइ हुन लागेको हो ।
प्रस्तावित कार्यतालिका अनुसार भदौ १४ गते उजुरीकर्ताहरूलाई समिति समक्ष आमन्त्रण गरी उजुरी सुनिनेछ । त्यसपछि भदौ १६ गतेदेखि २० गतेसम्म प्रस्तावित राजदूतहरूलाई समितिमा आमन्त्रण गरी सुनुवाइ गरिने बताइएको छ ।
राजदूतहरूबारे २४ गते र २५ गते छलफल गरी निर्णय सुनाइने कार्यतालिकामा उल्लेख छ ।
भदौ २१ गते तिज, २२ गते शनिबार र २३ गते पञ्चमीको बिदा परेकाले त्यसअघि र पछि गरी ८ दिनमा संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न गर्ने कार्ययोजना तय गरिएको समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् । उजुरी थोरै भएकाले सुनुवाइ प्रक्रिया छोटिन पनि सक्ने समितिको निष्कर्ष छ ।
सभापति न्यौपानेले भनिन्, ‘आज हामीले राजदूत नियुक्ति प्रक्रिया अन्तर्गत उजुरी कर्ताहरूको उजुरी खोलेका छौँ । अव सुनुवाइको प्रक्रियामा अघि जाँदैछौँ । संसद् १३ गतेसम्म छ । त्यसैले १४ गतेदेखि निरन्तर गरौँ । पहिलो दिन हामीले ४ जना राखेका छौँ । यसलाई धेरै नलम्ब्याऔँ । उहाँहरूको सुनुवाइ सकिने बित्तिकै निर्णय गर्नुभन्दा अघि परराष्ट्र मन्त्रीज्यूसँग पनि छलफल गर्ने नै छौँ । १४ गते उजुरीकर्ताको उजुरी सुन्ने । त्यसपछि १६, १७ , १८ र १९, २० गते हाम्रो निरन्तर जान्छ । त्यसपछि २१, २२ र २३ एक दिन गते बिदा हुन्छ । एक दिन शनिवार परेको र पञ्चमी । तिज भएकाले बिदा हुन्छ । २४ र २५ फेरि हाम्रो निरन्तर जान्छ । त्यो बिचमा हामीले परराष्ट्र मन्त्रीसँग पनि छलफल गर्छौँ । उजुरी धेरै नपरेकाले त्यसमा अझ बढी छिटो हुन पनि सक्छ । विभिन्न देशका लागि नेपाली राजदूतमा प्रस्तावित व्यक्तिको सिफारिसको सम्बन्धमा उजुरीकर्तालाई समिति समक्ष उपस्थित गराई उजुरीको पुष्ट्याइँ र यसको औचित्य स्पष्ट पार्न लगाउने, प्रस्तावित व्यक्तिलाई आमन्त्रण गरी छलफल गर्ने लगायतका कार्य गरी सुनुवाइ प्रक्रिया सम्पन्न गर्ने विषयमा संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम सचिवालयबाट प्रस्तावित कार्यतालिका परिमार्जनसहित पारित गरिएको घोषणा गर्दछु । समितिको अर्को बैठक भदौ १४ गते बोलाइनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको बयान सकियो
-
लेखा समिति सभापति नपाए संसद् बहिष्कार गर्ने मोदीको चेतावनी
-
खुर्कोटबाट प्रहरीको घेरा तोडेर भागेका नाइजेरियन नागरिक पक्राउ
-
चीनमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
-
अखिल क्रान्तिकारीमा पुरानो गुट भत्कियो, नयाँलाई स्थापित गराउन नेताहरूको दौडधुप
-
अध्यादेशको प्रतिरक्षा गर्न एमाले सांसदहरूलाई प्रशिक्षण