बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
राजनीति

नेकपा एकीकृत समाजवादीको निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक

मङ्गलबार, ११ भदौ २०८१, १३ : ०४
मङ्गलबार, ११ भदौ २०८१

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मा १८ पदाधिकारीसहित पोलिटब्युरो सदस्य छनौटका लागि आज निर्वाचन हुँदैछ ।  वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी १८ पदका साथै ८४ पोलिटब्युरो सदस्य छनौटका लागि निर्वाचन गर्न लागिएको हो । 

पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ ।  म‌ंगलबार बिहान उम्मेदवारी दर्ता भएपछि उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ । 

दाबी विरोध, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशनलगायत कार्यक्रम सम्पन्न भएपछि आजै दिउँसो २ देखि पाँच बजेसम्म मतदान हुने भएको छ ।   साँझसम्म मतगणना गरिने निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलद्वारा जारी तालिकामा उल्लेख छ । 

केन्द्रीय कमिटी सदस्यले मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने छन् । सचिवालय सदस्य, स्थायी समिति सदस्य विभागलगायत संरचना केही दिनपछि निर्माण गर्ने जनाइएको छ । केन्द्रीय कमिटीमा हाल अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी चुनिएका छन् । 

IMG-20240827-WA0024

IMG-20240827-WA0040

IMG-20240827-WA0038

IMG-20240827-WA0036

IMG-20240827-WA0034

IMG-20240827-WA0032

IMG-20240827-WA0030

IMG-20240827-WA0028

IMG-20240827-WA0026

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप