आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
चाख्न जाने होइन चिया ?
फोटोफिचर

चाख्न जाने होइन चिया ?

मङ्गलबार, ११ भदौ २०८१

काठमाडौँ । नेपालमा उत्पादित अर्थोडक्स चियाको बजारीकरण र स्वच्छ प्रतिस्पर्धाका लागि काठमाडौँ चिया प्रतिस्पर्धा अर्थात् ‘नेपाल टी च्यालेञ्ज २०२४’ आयोजना भइरहेको छ । काठमाडौँ ठमेलको छाया कम्लेक्समा भदौ ११ गते उक्त प्रतिस्पर्धा भइरहेको हो ।

tea challenge (1)

चिया उद्यम क्षेत्रमा क्रियाशील युवाहरूको संस्था टी–स्टेसन इन्कको आयोजनामा भइरहेको प्रतिस्पर्धामा देशभरका चिया उत्पादक कम्पनी एवम् कारखानाहरूले भाग लिएका छन् । च्यालेन्जमा कृषि मन्त्रालय र राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सहकार्य गरेको छ । 

tea challenge (2)

प्रतिस्पर्धामा  मुख्यगरी दुईवटा विधा निर्धारण गरिएको छ। साधारण अर्थोडक्स चिया र विशिष्ट अर्थोडक्स चिया रहने छन्।  यी दुई विधाका चारवटा चियाका प्रकारमा वाइट टी, ग्रीन टी, ब्ल्याक टी र ओलङ टी बिच प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ।

tea challenge (3)

प्रतिस्पर्धामा सामेल सबै चियालाई विभिन्न देशबाट निमन्त्रणा गरिएका निर्णायकको मण्डलबाट स्वाद परीक्षण गरेर मूल्याङ्कन गरिने आयोजकले जनाएका छन् । निर्णायक मण्डलबाट एकजना निर्णायकलाई दुवै विधाका चार प्रकारका चियामध्ये  कुनै एक प्रकारको चियाको मूल्याङ्कन गर्न दिइएको छ ।'

tea challenge (5)


तोकिएका सबै विधाका विजेता एवं उपविजेतालाई आधिकारिक निकायका अधिकारीले स्वीकृत गरेको प्रमाणपत्र र पुरस्कार उपलब्ध गराइने आयोजकले जनाएको छ। विजेता हुने चियालाई अक्सनको लागि राखिने छ।

tea challenge (10)

नेपाली चियाको आन्तरिक बजार तथा प्रतिव्यक्ति उपभोग वार्षिक ११ प्रतिशतले वृद्धि भइरहेको देखिन्छ। मार्केट रिसर्ज डटकमको सर्भेअनुसार सन् २०२५ सम्ममा नेपालमा चिया उपभोगको वार्षिक दर ५ देखि ८ प्रतिशतले ओरालो लाग्ने तथ्य बाहिर आएको छ। टी च्यालेन्जको आयोजकका रूपमा कम्पनीका १४ जना युवा उद्यमी क्रियाशील छन् ।

tea challenge (4)tea challenge (6)tea challenge (7)tea challenge (8)tea challenge (9)tea challenge (11)tea challenge (12)tea challenge (13)tea challenge (14)tea challenge (15)tea challenge (16)tea challenge (17)tea challenge (18)tea challenge (19)tea challenge (20)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया