कर्मचारीको तलब बढाउन नसक्ने सरकारी जिकिरमा के–के छन् कारण ?
काठमाडौँ । सरकारले सर्वोच्च अदालतको फैसला अनुसार सरकारी कर्मचारीको तलब समायोजन गर्न नसकिने भन्दै विभिन्न कारण खुलाएर पुनरवलोकनको निवेदन दिएको छ ।
मंगलबार महान्यायाधिवक्ताको कार्यालयमार्फत सरकारले सर्वोच्च अदालतमा पुनरवलोकनको निवेदन दिएको हो ।
तलब स्केल निर्धारण गर्दा सरकारी निकायमा सम्पूर्ण सेवामा कार्यरत कर्मचारीहरूको तलब समायोजन गर्नुपर्ने भन्दै सरकारले निवेदनमा यसरी तलब समायोजन गर्दा करिब तीन लाख सरकारी कर्मचारी तथा शिक्षकहरूका लागि ९२ अर्ब ८४ करोड रुपैयाँ थप आवश्यक पर्ने अर्थ मन्त्रालयको अध्ययन प्रतिवेदनबाट पुष्टि हुन आएको तर्क गरेको छ ।
‘हरेक वर्षको जेठ १५ गते बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था बमोजिम यस आर्थिक वर्षको वार्षिक बजेट संसदबाट पारित भइसकेको सन्दर्भमा यसै आर्थिक वर्षको सुरुदेखि नै तलब समायोजन गर्नू भन्ने आदेश परिपालना गर्न संवैधानिक रूपमा सम्भव नरहेको’ सरकारले निवेदनमा जिकिर लिएको छ ।
बजेटले व्यवस्था नगरेको उल्लेख्य व्ययभार एक्कासी थप हुँदा राज्य नै वित्तीय संकटमा पर्ने अवस्था सिर्जना हुने भन्दै सरकारले कर्मचारीको तलब समायोजन सम्बन्धी सर्वोच्चको यस अघिको फैसला पुनरवलोकनको माग गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिथुआनिया पठाइदिने भन्दै ११ लाख ठग्ने गौतम पक्राउ
-
जीप दुर्घटना अपडेट : जीपमा सवार चारै जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : तीन वर्षदेखि विरामी सचिनलाई राज्यले गरेन सहयोगदेखि रविको ‘थाहा छैन’ थेगो संगठित अपराधको ‘कोड भाषा’!
-
बझाङमा जिप दुर्घटना, तीन जनाको मृत्यु
-
१२ अर्ब बजेटको समीक्षामा खर्बौंका आयोजनामाथि बहस
-
एमालेले भीम रावललाई निष्कासन गरेको विषयमा माओवादीले भन्यो– तानाशाही हर्कत !