पौडीको प्रशिक्षक प्रशिक्षण तालिम सुरु

काठमाडौँ । नेपाल पौडी संघको आयोजनामा सातदोबाटो ललितपुरस्थित पौैडी पोखरीमा आधारभूत पौडी प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । तालिमको एक कार्यक्रमबिच नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले उद्घाटन गरे ।
अध्यक्ष श्रेष्ठले आगामी दिनमा नेपालमा पौडी प्रशिक्षकको अभाव हुन नदिने उद्देश्यले तालिमको आयोजना गरिएको जानकारी दिए । तालिममा २५ जना प्रशिक्षार्थीको सहभागिता रहेको पौडी संघले जनाएको छ ।
तालिम भदौ १५ गतेसम्म सञ्चालन हुनेछ । प्रशिक्षकको अभावमा पौडी प्रशिक्षणमा देखिएको असहजतालाई ध्यानमा राखी यो वर्ष संघले पाँचवटै प्रदेशसहित केन्द्रमा पनि तालिम सञ्चालन गरेको संघले जनाएको छ ।
कोशी प्रदेश, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र मधेश प्रदेशमा भदौ अन्तिमदेखि तालिम सञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट स्वीकृति लिइसकेको जानकारी संघका प्रवक्ता उमेश प्रधानले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुःखको घडीमा भारत सरकार र भारतीय जनताको पक्षमा नेपाल उभिएको छ : परराष्ट्रमन्त्री
-
सरकारलाई असफल बनाएर पठाउने छुट कसैलाई छैन : साउद
-
साँफेहाटबजार आगलागीबाट प्रभावितलाई प्रदेश सरकारद्वारा १० लाख सहयोग घोषणा
-
अछाम साँफेबगर हाटबजारमा आगलागी, ३ करोडभन्दा बढीको क्षति
-
दाइलाई भित्री वस्त्रमा हिँडेको देखेपछि पत्नीको हत्या
-
रिमालको ‘आमाको सपना’मा ‘त्यो’ आउनुको तात्पर्य