रामप्रसाद खनालको ‘मौलिक र सन्देश मूलक तिज गीत’ सार्वजनिक
काठमाडौँ । वरिष्ठ लोकगायक रामप्रसाद खनालको तिज गीत ‘मौलिक र सन्देश मूलक तिज गीत’ सार्वजनिक भएको छ । मौलिक दोहोरी शैलीमा तयार गीतमा रामप्रसाद खनाल, राजु परियार, नवीन पौडेल, कमला पोखरेल , प्रतिमा विश्वकर्मा, मिना लामा, मञ्जु बिक, यमप्रसाद न्यौपाने, दीपिका लगायतको स्वर रहेको छ ।
बिदेसिएका युवा र उसका बाबुआमाको पीर र समस्या देखि सामाजिक सञ्जालसम्मको प्रभावसम्मका विषय गीतमा उठाइएको छ । गीतको शब्द तथा सङ्गीत रामप्रसाद खनालले लेखेका हुन् । गीतमा पत्रकार घर बिगार्ने र कलाकार चर्चितकला देखाउने व्यक्तिका रूपमा उल्लेख गरिएको छ । गीतको एरेन्ज पनि रामप्रसाद खनालले नै गरेका हुन् ।
गतिको भिडियो पनि बनेको छ । रामप्रसाद खनालकै निर्देशन रहेको भिडियो छायाङ्कन तथा सम्पादन तारकान्त बिकेले गरेका हुन् । भिडियोमा गायक गायिकालाई लाइभ दोहोरी शैलीमा गीत गाउँदै गरेको देखाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संसदमा पेस गर्न समितिको निर्देशन
-
रविलाई हिरासतमा राख्न अदालतको आदेश
-
रवि लामिछानेको बहस स्थगित, ४ जनाले गरे बहस
-
सत्तामा एकाएक बढ्यो जसपा नेपालको ‘बार्गेनिङ पावर’
-
चलचित्र विकास बोर्डले गर्यो विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान
-
भन्सारका प्रविधियुक्त उपकरणलाई भरपुर रूपमा प्रयोग गरिएको छैन : सांसद कार्की