बाइडेन र मोदीबिच फोनवार्ता, के भयो कुराकानी ?
नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति जो बाइडेनले भारतीय प्रधानमन्त्री मोदीसँग कुरा गरेका छन् । बाइडेनले सोमबार मोदीसँग फोनमा कुरा गरेका हुन् । यस क्रममा दुई नेताबिच युक्रेन, बङ्गलादेशलगायत धेरै क्षेत्रीय र विश्वव्यापी मुद्दामा छलफल भएको बताइएको छ ।
मोदीले माइक्रो ब्लगिङ वेबसाइट एक्समा यसबारे जानकारी दिएका हुन् । यस कुराकानीको सन्दर्भमा ह्वाइट हाउसले विज्ञप्ति नै जारी गरेको छ । बाइडेनले पनि एक्समा एउटा पोस्ट गरेका छन् ।
बाइडेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गरेको ह्वाइट हाउसले आफ्नो विज्ञप्तिमा भनेको छ । कुराकानीमा बाइडेनले मोदीसँग हालैको उनको पोल्यान्ड र युक्रेन भ्रमण र सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसंघको महासभाबारे छलफल गरेको बताइएको छ ।
बाइडेनले मोदीलाई पोल्यान्ड र युक्रेनको ऐतिहासिक भ्रमणको सरहाना गरेको विज्ञप्तिमा भनिएको छ । ‘मोदीसँग पोल्यान्ड र युक्रेनको हालैको भ्रमणबारे छलफल गर्न फोन गरेको थिएँ अनि शान्तिको लागि उनको सन्देश र युक्रेनको लागि जारी मानवीय समर्थनको प्रशंसा पनि गरे ।’ पोष्टमा बाइडेनले लेखेका छन् ।
फोन वार्ताका क्रममा आफूहरूले इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति र समृद्धिमा योगदान पुर्याउन सँगै काम गर्ने आ–आफ्नो प्रतिबद्धता दोहोर्याएको पनि उनले बताए । फोन वार्ताबारे भारतले जारी गरेको वक्तव्यमा बङ्गलादेशको मुद्दामा समेत कुराकानी भएको बताइएको छ । तर, अमेरिकाले जारी गरेको विज्ञप्तिमा बङ्गलादेशको नाम कतै उल्लेख भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले लुम्बिनीका सांसद पार्टी सदस्यबाट निलम्बन
-
माग पूरा नभएसम्म हडताल गर्ने पीटीआईको घोषणा
-
दलतन्त्रको अन्त्यका लागि आन्दोलनलाई सशक्त बनाउने आजपाको निर्णय
-
संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन गर्न भुषालको संयोजकत्वमा उपसमिति गठन
-
नियमन आयोगको प्राधिकरणलाई निर्देशन– बक्यौता उठाउनू, अरू निर्णय यथास्थितिमा राख्नू
-
सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु