आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ ‘सानो संसार’को गीत ‘मग मग फूलबारी’

मङ्गलबार, ११ भदौ २०८१, १० : ५७
मङ्गलबार, ११ भदौ २०८१

काठमाडौँ । असोज ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘सानो संसार’को गीत ‘मग मग फूलबारी’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक ट्रेलरमा सङ्गीतकार राजनराज सिवाकोटीको शब्द तथा सङ्गीत छ । गीतमा मेलिना राई र सङ्गीतकार सिवाकोटीले नै स्वर दिएका छन् । 

गीतमा फिल्मका मुख्य कलाकार सीताका घिमिरे, राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतम समेत देखिएका छन् । गीतको कोरियोग्राफी सुजैन खड्का र मनोज खड्काले गरेका हुन् । 

पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्ममा सीता घिमिरे, राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय छ । यी सबै कलाकारले यसै फिल्मबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् । 

राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा निर्माण भएको अर्जुन कुमारले निर्माण गरेका हुन् । फिल्मका कार्यकारी निर्माता माधव वाग्ले रहेका छन् ।  राजधानी मिडिया र प्रिन्सेस मूभिजले फिल्मलाई संयुक्तरुपमा प्रदर्शन गर्नेछन् ।

सिद्धार्थ पुडासैनीको निर्देशन रहेको फिल्ममा प्रवीन खड्काको छायाङ्कन र रोमी तन्डुकारको सम्पादन छ । फिल्मको डिजिटल पाटर्नर म्युजिक नेपाल र क्रिएटिभ पाटर्नर टुनामुना कन्सेप्ट रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप