क्यानडाले अस्थायी विदेशी कामदारको संख्या घटाउने

ओट्टावा । क्यानडाले अस्थायी विदेशी कामदारको संख्या घटाउने भएको छ । आफ्नो सरकारले देशमा कम पारिश्रमिकमा काम गर्ने, अस्थायी विदेशी कामदारहरूको संख्या घटाउन लागेको त्यहाँका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार भनेका हुन् । अब क्यानाडाली व्यवसायहरूले घरेलु कामदार र युवाहरूमा लगानी गर्ने समय आएको पनि उनले बताएका छन् ।
ट्रुडोले सामाजिक सञ्जालमा पोस्टमार्फत यो जानकारी दिएका हुन् । अहिले श्रम बजारमा परिवर्तन आएको उनको भनाइ छ । ‘हामी क्यानाडामा आउने कम ज्यालामा काम गर्ने र अस्थायी विदेशी कामदारहरूको संख्या घटाउँदैछौं । श्रम बजारमा परिवर्तन भएको छ । अब हाम्रो व्यवसायहरूका लागि क्यानाडाली कामदार र युवाहरूमा लगानी गर्ने समय आएको छ,’ ट्रुडोले माइक्रो ब्लगिङ वेबसाइटमा एउटा पोस्ट गर्दै भनेका छन् ।
क्यानडामा जनसंख्या बढिरहेकै समयमा यो कदम चालिएको हो । जनसंख्या बढेसँगै त्यहाँ आवास र स्वास्थ्य सेवा जस्ता सार्वजनिक सेवामा दबाब परेको अर्थविद्हरूले बताइरहेका छन् । क्याडनाको जनसंख्यामा भएको अधिकांश वृद्धि गत वर्ष देखिएको हो । आप्रवासीहरूको संख्यामा भएको वृद्धिका कारण त्यहाँको जनसंख्या बढेको संघीय तथ्यांक कार्यालयको तथ्यांकले देखाएको छ ।
बढ्दो जनसंख्यालाई पुग्ने गरी सेवा र घर निर्माण जस्ता सुविधाहरुलाई नबढाइकन आप्रवासीहरूलाई देशभित्र हुलेको भन्दै ट्रुडो र उनको सरकारको कडा आलोचना भइरहेको थियो । गएको दुई महीनामा क्यानडाको बेरोगारी दर बढेर ६ दशमलव ४ प्रतिशतमा उक्लिएको छ । देशभरमा झन्डै १४ लाख मानिस बेरोजगार रहेको अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानाडा, मेक्सिको र चीनमाथि आयातकर लगाउने ट्रम्पको अडानले अमेरिकी शेयर बजार ‘ध्वस्त’
-
गणेशजीको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
माथिल्लो राहुघाट जलविद्युत आयोजनाको काम अन्तिम चरणमा
-
अमेरिकी डलरसहित रियाल, दिराम र रिङ्गेट भाउ कति पुग्यो ? हेरौं विदेशी मुद्राको दररेट
-
इटालियन सिरी’एमा युभेन्ट्सको सहज जित
-
सिमसार संरक्षणले बढ्दै अजिङ्गरको सङ्ख्या