शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

रायो भायोकानोले भित्र्यायो रोड्रिग्वेजलाई

मङ्गलबार, ११ भदौ २०८१, ०९ : ३९
मङ्गलबार, ११ भदौ २०८१

मड्रिड । स्पेनिस क्लब रायो भायोकानोले फ्रि एजेन्ट रहेका कोलम्बियाका प्लेमेकर हामेस रोड्रिग्वेजलाई भित्र्याएको छ । रियल मड्रिड र एभर्टनका ३३ वर्षीय पूर्व मिडफिल्डरले ब्राजिलियन क्लब साउ पाओलो छाडेयता क्लबविहीन रहेका थिए ।

गत जुलाईमा सम्पन्न कोपा अमेरिकामा कोलम्बियालाई फाइनलसम्म पुर्‍याउन ६ वटा गोलको अवसर सिर्जना गरेका उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका थिए । तर, फाइनलमा उनको टोली अर्जेन्टिनासँग पराजित हुन पुगेको थियो ।

रायो हाल ला लिगाको आठौँ स्थानमा रहेको छ । दुई खेलमा टोलीले एकमा जित र एकमा बराबरी खेलेको छ । टोली गत सिजन १७ औँ स्थानमा सीमित बनेको थियो ।

रोड्रिग्वेजले सन् २०१४ मा ब्राजिलमा आयोजित विश्वकपमा गोल्डन बुट जितेका थिए । लगत्तै उनलाई स्पेनिस महारथी रियलले भित्र्याएको थियो । रियलका लागि १ सय २५ खेल खेलेका उनले दुई वर्ष ऋणमा बायर्न म्युनिखमा बिताएका थिए । सन् २०२० मा उनी एभर्टनसँग अनुबन्ध भएका थिए ।

तर क्लबमा मात्र १२ महिना बिताएर उनी कतारी क्लब अल रायान पुगे । एक वर्षपछि ओलम्पियाकोस हुँदै उनी सन् २०२३ मा साउ पाउलो पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप