इंग्ल्यान्डका पूर्वम्यानेजर एरिक्सनको निधन

लन्डन । इंग्ल्यान्डका पूर्वम्यानेजर स्भेन गोरन एरिक्सनको ७६ वर्षको उमेरमा निधन भएको छ । उनी इंग्ल्यान्डको राष्ट्रिय फुटबल टोलीका बेलायतबाहिरका पहिलो म्यानेजर थिए ।
सन् २००१ देखि २००६ सम्म पाँच वर्ष नेतृत्व सम्हालेका एरिक्सनले टोलीलाई तीनवटा मुख्य प्रतियोगिताको क्वार्टरफाइनलसम्म पुर्याएका थिए ।
क्यान्सर रोग भएको पत्ता लागेपछि उनले गत जनवरीमा आफूसँग बढीमा एक वर्ष बाँकी रहेको बताएका थिए । उनका सन्तान लिना र जोहानले एरिक्सनको निधन उनको घरमा नै भएको जानकारी दिएका छन् ।
इंग्ल्यान्डको राष्ट्रिय टोलीबाहेक उनले १२ वटा क्लबको नेतृत्व पनि सम्हालेका थिए । यसमा म्यानचेस्टर सिटी, लेस्टर, रोमा, लाजियोलगायत रहेका छन् । उनले यस क्रममा १८ वटा ट्रफी पनि जितेका थिए ।
स्विडिस प्रशिक्षक मेक्सिको, आइभोरी कोस्ट र फिलिपिन्सको पनि म्यानेजर बनेका थिए । २७ वर्षको उमेरमा खेलाडीबाट संन्यास लिएका उनले सन् १९७७ मा स्विडिस क्लब डेगरफोर्नसबाट म्यानेजरको करियर सुरुवात गरेका थिए ।
त्यसपछि स्विडेनकै गोथनबर्गको म्यानेजर बनेका उनले क्लबसँग लिग उपाधिसँगै दुई घरेलु कप र सन् १९८२ मा यूईएफए कप पनि जितेका थिए ।
उनी त्यहाँबाट पोर्चुगिज क्लब बेनफिका पुगेर दुई वर्ष बिताए । त्यस्तै, इटालियन क्लब रोमा, फ्लोरेन्टिना, साम्पडोरिया र लाजियोको म्यानेजर बन्दै उनले सात वटा ट्रफी जिते । यसमा सिरिए उपाधि, दुई इटालियन कप र युरोपियन विन्नर्स कप समावेश रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
अन्तरिक्षमा पुगेर फर्कियो केटी पेरीसहित छ जना महिलाको समूह
-
सुनसरीको देवानगञ्ज गोली काण्डमा ५ जना संलग्न, दुई पक्राउ, तीन जना अझै फरार
-
गैँडाको शून्य चोरीसिकार पाँच सय दिन कट्यो
-
स्वान्सी सिटीको सहमालिक बने चर्चित फुटबलर लुका मोड्रिच
-
९ महिनामा करिब ५८ अर्ब वैदेशिक लगानी प्रतिबद्धता, कुन क्षेत्रमा कति लगानी ?