एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरोमा उम्मेदवारी दर्ता धमाधम (तस्बिरहरू)
![एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरोमा उम्मेदवारी दर्ता धमाधम (तस्बिरहरू)](https://npcdn.ratopati.com/media/news/samajbadi-manonyan-(9)_9rVIqe7zPs.jpg)
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मा १८ पदाधिकारीसहित पोलिटब्युरो सदस्य छनौटका लागि आज निर्वाचन हुने भएको छ ।
वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी १८ पदका साथै ८४ पोलिटब्युरो सदस्य छनौटका लागि निर्वाचन गर्न लागिएको हो । पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ ।
अहिले उम्मेदवारी दर्ताको काम भइरहेको छ । दाबी विरोध, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशनलगायत कार्यक्रम सम्पन्न भएपछि आजै दिउँसो २ देखि पाँच बजेसम्म मतदान हुने भएको छ । साँझसम्म मतगणना गरिने निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलद्वारा जारी तालिकामा उल्लेख छ ।
केन्द्रीय कमिटी सदस्यले मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने छन् । सचिवालय सदस्य, स्थायी समिति सदस्य विभागलगायत संरचना केही दिनपछि निर्माण गर्ने जनाइएको छ । केन्द्रीय कमिटीमा हाल अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी चुनिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो
-
संविधान होइन हाम्रो दिमाग संशोधन गरौँ : सुदन किराती
-
हमासद्वारा रिहा गरिएका थप तीन इजरायली बन्धक स्वदेश फिर्ता, बदलामा १८३ प्यालेस्टिनी कैदी रिहा
-
शम्भुराम श्रेष्ठले उठान गरेका राष्ट्रियता, जाति र भाषा अधिकारको सवाल
-
मौलिक कला संस्कृतिलाई समुदायको आयआर्जनसँग पर्छ : मुख्यमन्त्री आचार्य
-
३०औँ संस्करणको क्यान इन्फोटेक २०२५ सुरु, ६० प्रतिशतसम्म छुट