एकीकृत समाजवादीकाे पदाधिकारी र पोलिटब्युरो छान्न आज मतदान, यस्तो छ निर्वाचन तालिका

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मा १८ पदाधिकारीसहित पोलिटब्युरो सदस्य छनौटका लागि आज निर्वाचन हुने भएको छ । हिजो सम्पन्न केन्द्रीय कमिटी बैठकले सहमतिको प्रयास सफल नभएपछि निर्वाचनको माध्यमबाट पदाधिकारी तथा पोलिटब्युरो सदस्य छनौट गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार पार्टीको निर्वाचन आयोगले मतदाताको नामावली प्रकाशन गरी प्रक्रिया अगाडि बढाएको छ ।
वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी १८ पदका साथै ८४ पोलिटब्युरो सदस्य छनौटका लागि निर्वाचन गर्न लागिएको हो । पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ ।
उम्मेदवारी दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशनलगायत कार्यक्रम आज बिहानदेखि सुरु भई, दिउँसो २ देखि पाँच बजेसम्म मतदान र साँझसम्म मतगणना गरिने निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलद्वारा जारी तालिकामा उल्लेख छ ।
केन्द्रीय कमिटी सदस्यले मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने छन् । सचिवालय सदस्य, स्थायी समिति सदस्य विभागलगायत संरचना केही दिनपछि निर्माण गर्ने जनाइएको छ । केन्द्रीय कमिटीमा हाल अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी चुनिएका छन् ।
आज एकीकृत समाजवादीले २१ पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष, चार उपमहासचिव, सात सचिव र ८४ पोलिटब्युरो चयन गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर नगरेको भन्दै बालेनले दिए शिक्षकहरूलाई धन्यवाद
-
फोक्सोको डाक्टरले हड्डीको उपचार गर्न खोज्दा बिरामीको मृत्यु
-
महजोडीको राष्ट्रपतिसँग आग्रहः देश बन्दैछ तर नेताहरुलाई सुधार्न घचघच्याउनु पर्यो
-
उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको व्यापार बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर
-
‘नरसिंहा अवतार’ले किन बनायो ६० फिट लामो पोस्टर ?
-
‘ठुलो भिड रहेकाले कार्यक्रम स्थलबाट प्रसाईंलाई पक्राउ गर्न सम्भव भएन’