राजनीति
एकीकृत समाजवादीमा पदाधिकारीका लागि निर्वाचन हुने, यस्तो छ निर्वाचन तालिका
सोमबार, १० भदौ २०८१, १९ : ५६

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का १८ पदाधिकारीका लागि निर्वाचन हुने भएको छ । सहमतिको प्रयास असफल भएपछि पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि निर्वाचन हुन लागेको हो ।
पदाधिकारी र पोलिटब्युरो सदस्यकाे निर्वाचनका लागि एकीकृत समाजवादीले निर्वाचन तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार मंगलबार दिउँसो २ देखि ५ बजेसम्म मतदान हुने छ । मंगलबारनै मतगणना थालिने जनाइएको छ ।
यसअघि एकीकृत समाजवादीले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको थियो । मंगलबार अन्य पदाधिकारीका लागि निर्वाचन हुन लागेको हो ।
मंगलबार एकीकृत समाजवादीले २१ पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष, चार उपमहासचिव र सात सचिव चयन गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महजोडीको राष्ट्रपतिसँग आग्रहः देश बन्दैछ तर नेताहरुलाई सुधार्न घचघच्याउनु पर्यो
-
उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको व्यापार बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर
-
‘नरसिंहा अवतार’ले किन बनायो ६० फिट लामो पोस्टर ?
-
‘ठुलो भिड रहेकाले कार्यक्रम स्थलबाट प्रसाईंलाई पक्राउ गर्न सम्भव भएन’
-
तीनकुने प्रदर्शनमा ५८ राउन्ड गोली प्रहार, २० जनालाई लाग्यो
-
प्रधानमन्त्रीसँग प्रथम थाइ सगरमाथा आरोहीको भेट