काठमाडौँ । शंकर घिमिरे निर्देशित फिल्म ‘तेल भिसा’को पहिलो गीत ‘हरि नाम झैँ’ सार्वजनिक गरिएको छ । सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर फिल्मको गीत सार्वजनिक गरिएको हो ।
कल्याण् सिंहको संगीत तथा हर्क साउदको शब्द रहेको गीतमा निर्देशक शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘तेल भिसा’को पहिलो लिरिकल गीत ‘हरि नाम झैँ’ सार्वजनिक भएको छ । सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर सिनेमाको पहिलो गीत सार्वजनिक गरिएको हो । कल्याण् सिंहको संगीत तथा हर्क साउदको शब्द रहेको गीतमा निशान भट्टराई र समीरा थपलियाको स्वर छ ।
फिल्मका मुख्य कलाकार विपिन कार्की, वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ र सुचित्रा उप्रेतीगीतमा देखिएका छन् । गीत अभिनेता विपिनको स्वर्गिय आमा सरस्वती कार्कीप्रति समर्पित गरिएको छ ।
फिल्ममा विपिन जवान र वृद्ध गरी दुई फरक भूमिका छन् । ‘तेल भिसा’मार्फत शंकर घिमिरे १२ वर्षपछि निर्देशनमा कमव्याक गरेका हुन् । घिमिरेले यसअघि ‘विष’, ‘विरताको चीनो’, ‘ब्रेकफेल’ र ‘तुलसी’ लगायतका फिल्म निर्देशन गरेका थिए । आगामी मंसिर ७ गतेदेखि फिल्म नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउने तयारी छ ।
वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको फिल्ममा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको ‘तेल भिसा’मा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत छ ।
प्रतिक्रिया