सिन्धुलीमा चट्याङ लागेर एक महिलाको मृत्यु

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सोमबार साँझ परेको चट्याङ लागेर हरिहरपुरगढी गाउँपालिका वडा नम्बर–१ शिखर बस्ने छलिमाया थिङको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार हरिहरपुरगढी–३ माडी स्थित खेतमा धान गोड्ने क्रममा चट्याङ लागेर हरिहरपुरगढी–१ शिखरकी ४० वर्षीया थिङको घटनास्थलमा नै मृत्यु भएको हो ।
चट्याङ लागेर अन्य २ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेमा हरिहरपुगढी–१ शिखर बस्ने वर्ष ४० वर्षीया लुकुमाया रुम्बा र उनकी छोरी १८ वर्षीया सुशिला रुम्वा रहेकी छिन् । चट्याङ लागेर लुकुमायाको दाहिने खुट्टा, जिउ, टाउको र मुटु दुख्ने समस्या देखिएको छ भने सुशिलाको कान नसुन्ने, टाउको, शरिर दुख्ने समस्या देखिएको छ । उनीहरुको अवस्था मध्यम रहेको र मकवानपुरस्थित लामा पोलिक्लिनिक्समा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थल इलाका प्रहरी कार्यालय कपिलाकोटबाट ४० किलोमिटर पश्चिम पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले रोक्दारोक्दै ट्रम्प प्रशासनद्वारा सयौँ ग्याङ मेम्बर डिपोर्ट
-
ओली र देउवासँग प्रचण्डको प्रस्ताव– गणतन्त्र पक्षधर मिलौँ
-
घाँटी हेरेर मात्र हाड निल्नुपर्छ : गभर्नर अधिकारी
-
प्रधानमन्त्रीलाई गैसस महासङ्घको घोषणापत्र हस्तान्तरण
-
पाकिस्तानी लिग छाडेर आईपीएल खेल्ने दक्षिण अफ्रिकी खेलाडीलाई पीसीबीको कानुनी नोटिस
-
नमोबुद्ध–तेमाल सडक खण्डको काम आठ महिनादेखि अलपत्र