भारतमाथि जित निकाल्दै बंगलादेश फाइनलमा, नेपालसँग उपाधि भिडन्त
काठमाडौँ । बंगलादेशले डिफेन्डिङ च्याम्पियन भारतमाथि पेनाल्टी सुटआउटमा जित निकाल्दै साफ यु–२० च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमवार भएको दोस्रो सेमिफाइनलमा बंगलादेशले पेनाल्टी सुटआउटमा भारतमाथि ४–३ को जित निकाल्दै उपाधि भिडन्त तय गरेको हो । निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछि खेलको निर्णयका लागि पेनाल्टी सुटआउटमा धकेलियो । जहाँ दोस्रो रोजाइका गोलकिपर मोहम्मद आसिफले बंगलादेशलाई सफलता दिलाए । यससँगै नेपालले उपाधि भिडन्तका लागि बंगलादेश नै पाएको छ । नेपालले पनि पेनाल्टी सुटआउटमा भुटानमाथि जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।
यससँगै दुवै सेमिफाइनलको नतिजा पेनाल्टी सुटआउटबाट तय भयो । समूह चरणमा नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो । साविकको उपविजेतासमेत रहेको बंगलादेशले सोमबार भारतमाथि गत संस्करणको फाइनलमा व्यहोरेको हारको बदलासमेत लियो । बंगलादेशका लागि दोस्रो रोजाइका गोलकिपर मोहम्मद आसिफले पेनाल्टी सुटआउटमा सफलता दिलाएका हुन् । नियमित गोलकिपर मोहम्मद मेहदी हसन चोटका कारण ६९ औं मिनेटमा बाहिरिएसँगै आसिफले मैदान सम्हालेका थिए ।
आसिफले पेनाल्टी सुटआउटमा भारतका दुई प्रहार रोक्दै बंगलादेशलाई फाइनलको यात्रा तय गरेका हुन् । उनले भारतका थाङलालसौन गाङ्तेको पहिलो प्रहार रोके । तर बंगलादेशको पहिलो प्रहारमा पिएस नोभाले गोल गर्दै आफ्नो टोलीको आत्मबल बलियो बनाए । यसपछि भारतका दुई प्रहार प्रम्भिर, ग्वग्वमर गोएरी र मनज्योत सिंह परमारले गोल गरे । यता बंगलादेशका लागि पनि मोइनुल इस्लाम र एमदी साकिल अहाद टोपुले गोल गरे । यससँगै बंगलादेश ३–२ ले गोल गरे ।
चौथो पेनाल्टीमा बंगलादेशका असरफुल आसिफले गोल गरेपछि भारतको चौथो प्रहार महत्त्वपूर्ण रह्यो । तर यो प्रहार भारतका आकाश तिर्र्केको प्रहार आसिफले रोक्दै बंगलादेशलाई सनसनीपूर्ण जित दिलाए । बंगलादेशले खेलको सुरुवाती अग्रता जोगाउन नसक्दा पेनाल्टी सुटआउट सामना गर्नुपरेको हो । भारतले खेलमा पुनरागमन गरे पनि पेनाल्टी सुटआउटमा भने असफल भयो । त्यसअघि १७ औं मिनेटमा कोरौ सिंह थिङगुजामले शक्तिशाली प्रहार बंगलादेशका गोलकिपर एमदी मेहेदी हसनले सहजै बचाए ।
३५ औं मिनेटमा मेहेदी हसनले भारतको अर्को प्रहार असफल पारे । केल्भिन सिंह टाओरेमको अर्को शक्तिशाली प्रहारलाई उनले सहजै नियन्त्रणमा लिए । एक मिनेट बित्न नपाउँदै बंगलादेशले खेलमा अग्रता लियो । लेफ्ट साइडबाट विङ्गर एमदी राबी होसेन राहुलले दोस्रो बारमा गरेको प्रहार भारतका गोलकिपर प्रियान्स दुवेले बचाए । तर बक्सभित्र बल क्लियर हुन नसक्दा असदुल मोल्लाले गोल गरे । उनको वान टच प्रहार दोस्रो बारको जाली चुम्यो । यससँगै पहिलो हाफमा बंगलादेश १–० ले अगाडि रह्यो ।
दोस्रो हाफमा भारतले लगातार अवसर सिर्जना गर्दै दबाब बनायो । दोस्रो हाफमा पहिलो अवसर भारत सृजना गर्यो । तर कोरौउ सिंह वान भर्सेस वानमा चुक्दा बंगलादेशलाई राहत मिल्यो । ५४ औं उनले दोस्रो बारमा प्रहार गरेको बलले पोस्टको दिशा लिन सकेन । ६२ औं मिनेटमा भारतका वैकल्पिक खेलाडी गाङ्तेको प्रहार पोस्टमा लाग्दै बाहिरियो । तीन मिनेटपछि ग्वग्वमसरको प्रहारलाई बंगलादेशका रक्षक कामासाई मार्मा साकिबले गोलमा परिणत हुन दिएनन् ।
मार्माले गोललाइनबाट बल क्लियर गर्दै बंगलादेशको खतरा टारे । तर कप्तान तथा गोलकिपर मेहेदी हसन घाइते हुन पुगे । भारतको एकपछि अर्को आक्रमणलाई विफल पारेका हसन बाहिरिएपछि बंगलादेशले चुनौती सामना ग¥यो । उनी विपक्षी फरवार्डसँग ठोक्किँदै घाइते हुन पुगे । ६९ औं मिनेटमा उनी मैदान छाड्न बाध्य भए । उनको स्थामा वैकल्पिक गोलकिपर आसिफले प्रतिस्थापन गरे । त्यसको दुई मिनेट पनि बित्न नपाउँदै भारतले बराबरी गोल फर्कायो ।
भारतका लागि नोबा पाङाम्बामको कटब्याकमा रिकी मेतेइ हाओबामले सुन्दर गोल गरे । इन्जुरी समयमा बंगलादेश १० खेलाडीमा समेटियो । मार्मा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए पनि भारतले त्यसको सदुपयोग गर्न सकेन । केही सेकेण्डमै रेफ्री श्याम दनुवारले खेल टुंगाए र खेल पेनाल्टी सुटआउटमा पुग्यो । जहाँ बंगलादेशले बाजी मार्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुम्बन गर्दा सर्छ माउथ अल्सर ?
-
कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन कांग्रेस–एमाले सहमत
-
सुरक्षित कारोबार ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयकमा सांसदको विरोध
-
भन्सार शुल्क घटाउँदा पनि किन घट्यो सुन आयात ?
-
सुशासन स्थापित गर्न दुई ठुला दल मिलेर सरकार बनाएका हौँ : मन्त्री राणा
-
इसेवा र मोबाइल बैंकिङमा समस्या