टुँडिखेलको गौरा पर्वमा ओली र देउवाविरुद्ध नाराबाजी
_MtKGjSgR3b.jpg)
काठमाडौँ । काठमाडौँको टुँडिखेलमा आयोजित गौरा पर्वमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ । गौरा पर्वको कार्यक्रममा सहभागी एक समूहले ओली र देउवाविरुद्ध चर्को नाराबाजी लगाएका हुन् ।
आयोजकले शान्त रहन आग्रह गरेपनि उनीहरुले ओलीलगायतको कारणले देशले दुख पाएको भन्दै चर्का नाराबाजी गरिरहे ।
आफूविरुद्ध नाराबाजी भएपछि ओलीले सम्बोधनका क्रममा नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएको टिप्पणी गरे । उनले नयाँ पुस्ताले गरेको यो हर्कत नेपालीपन नभएको बताए । यस्तै देउवाले पनि नेपालको चलन यही हो लाज छैन भन्दै नाराबाजी गर्नेहरुविरुद्ध आक्रोशित बने ।
यस्तै कांग्रेस सभापति देउवाले गौरा पर्व बिथोल्नेहरूलाई कारबाही गर्न आग्रह गरे । काठमाडौँमा आएर गौरा पर्वको कार्यक्रम बिथोल्नेहरूलाई काठमाडौँवासीले ठिक पार्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानअन्तर्गत शपथ खाएर संसद्मा संविधान मान्दिनँ भनिनु इमानदारिताको खडेरी : प्रधानमन्त्री
-
२०४६ को जनआन्दोलनमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको योगदान महत्वपूर्ण : महत
-
सेवा र विद्युतीय व्यापार प्रवर्द्धनमा सरकार
-
वैदेशिक रोजगार विभागका महानिर्देशक खत्री मन्त्रालय तानिए, भुसाल गए
-
ऊर्जा क्षेत्रमार्फत गरिब तथा विपन्न नागरिकलाई सम्पन्न बनाउन सकिन्छ : मन्त्री खड्का
-
शिक्षकहरूका जायज माग सम्बोधन गर्न तयार छौँ : प्रधानमन्त्री