चालु आर्थिक वर्षमा साढे एक लाख रुपैयाँ बराबरको खाद्य र दूषित दाना नष्ट
सोमबार, १० भदौ २०८१, १८ : १२

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा साढे एक लाख रुपैयाँ बराबरको खाद्य पदार्थ र दूषित दाना नष्ट गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार साउन महिनामा ४६६ पटक अनुगमन निरीक्षण गर्दा प्रतिकूल रहेका करिब ६० हजार रुपैयाँ बराबरको खाद्य पदार्थ तथा ९६ हजार रुपैयाँ बराबरको दूषित दाना पदार्थ नष्ट गरिएको छ ।
मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार अनुगमनको क्रममा दुग्ध पदार्थ ६९ पटक, प्रशोधित पिउने पानी ११० पटक तथा होटेल र रेस्टुरेन्ट २२६ पटक अनुगमन गरिएको छ । जसबाट साउन महिनामा मात्रै १३ वटा मुद्दा दायर भएका छन् ।
मन्त्रालयले नजिकिँदै गरेको चाडपर्व लक्षित अनुगमन कार्य योजना बनाएर देशैभरि राजमार्गस्थित होटेल रेस्टुरेन्ट, खाद्य बजार, होलसेल बजार, डिपार्टमेन्ट स्टोर लगायतको अनुगमन कार्य सुचारु गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षामन्त्रीको राजीनामाले आन्दोलन नरोक्ने शिक्षहरुको चेतावनिदेखि निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगामसम्म
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने
-
जापानमा नेपाल हाउस निर्माणार्थ फेस्टिवलमा ८० लाख भन्दा बढी मुनाफा
-
किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ
-
सुमनाको कटाक्ष : राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको !
-
एमाले सांसद थापा भन्छन् - शिक्षामन्त्रीको राजीनामा अनपेक्षित र असान्दर्भिक, स्वीकृत नगरियोस्