हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीका २ सडक अवरुद्ध

हेटौँडा । हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरीको २ वटा सडक अवरुद्ध भएको छ । हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ र हेटौँडा–कुलेखानी–सिस्नेरी–फर्पिङ सडक खण्ड अवरुद्ध भएको हो ।
सोमबार दिउँसोको भारी वर्षाका कारण सडक माथिबाट खसेको लेदोका कारण हेटौँडा–कुलेखानी–सिस्नेरी–फर्पिङ सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार उक्त सडक खण्डअन्तर्गत इन्द्रसरोबर गाउँपालिका वडा नम्बर–३ रामचन्द्र भन्ज्याङमा सडक माथिबाट लेदो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा पनि प्रहरी र सडक डिभिजनको टोलीले सडक खुलाउने कार्य गरिरहेको उनले बताए ।
यता भिमफेदी गाउँपालिका वडा नम्बर–८ महादेवटारस्थित कान्तिलोकपथमा वर्षाका कारण लेदो खसी बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ । अपराह्न ४ बजेपछि बाटो अवरुद्ध भएको प्रहरीको हो । बाटो अवरोध भएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय ठिंगनबाट खटिएको प्रहरी टोलीले सडक विभाग र फास्ट ट्र्याकसँग समन्वय गरी पहिरो पन्छाउने काम गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबारदेखि काठमाडौँ उपत्यकाको तापक्रम घट्ने
-
महाभूकम्पको १० वर्षमा यस्तो बन्यो वसन्तपुर क्षेत्र (तस्बिरहरू)
-
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
-
बजेट अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने, के के छन् कार्यसूचीमा ?
-
आज भूकम्प स्मृति दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
-
आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईका भूभागमा तातो लहर चल्ने