हेटौँडाको होटलमा युवती मृत फेला

हेटौँडा । हेटौँडाको एक होटलमा युवती मृत अवस्थामा फेला परेकी छिन् । हेटौँडा–१०, भुटनदेवी मन्दिर रोडस्थित रत्न होटलको कोठाभित्र युवती मृत फेला परेकी हुन् ।
आइतबार साँझ होटलको कोठा बुक गरेर अन्दाजी ३० वर्षका पुरुषसँग बसेकी हेटौँडा–११ की २३ वर्षीया एलिशा न्यौपाने सोमबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सोमबार बिहान ढोका खोलेर हेर्दा युवती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार मृतक युवतीको आँखामा चोट देखिएको छ । आइतबार साँझ ५ बजेको समयमा होटलमा एक युवकसँग न्यौपाने होटल पुगेकी थिइन् । सोमबार बिहान अबेरसम्म पनि कोठाको ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए । जनप्रतिनिधि र प्रहरीको रोहबरमा ढोका खोलेर हेर्दा युवती मृत अवस्थामा भेटिएको उनले बताए ।
न्यौपानेसँगै आएका युवकले उनको हत्या गरेर कोठाको ढोका भित्रबाट बन्द गरी झ्यालबाट बाहिर निक्सिएको प्रहरीको प्रारम्भिक अनुमान छ । आइतबार साँझ ५ बजे होटल पुगेपछि बियर र मम मगाएर खाएको र साँझ ८ बजेको समयमा युवक होटलबाट निक्सिएको दृश्य सीसी क्यामेरामा कैद भएको देखिएको छ ।
मृतक युवतीको शव हेटौँडा अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राजनीतिक विवेक राख्नेले वर्तमान सरकार बिचौलियाको हो भनेर स्वीकार गरिसके’
-
दुई अर्बको सिमेन्ट भारत निर्यात
-
इलाममा जेठी सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ
-
हामीसँग अहिले बन्दुक छैन, प्रचारमार्फत नै बुर्जुवाहरूसँग लड्नुपर्छ : अध्यक्ष दाहाल
-
गरिबी, असमानता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रूपमा अगाडि बढाउनुपर्छ : उपेन्द्र यादव
-
भाडाको घरमा बस्दा वास्तुबारे के–के ख्याल गर्नुपर्छ ?