समाज कल्याण शिक्षा पुरस्कारका लागि आवेदन माग
काठमाडौँ । समाज कल्याण शिक्षा पुरस्कारका लागि आवेदन आह्वान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा प्रदान गर्ने उक्त पुरस्कारका लागि आवेदन आह्वान गरेको हो ।
सडक बालबालिका, एचआइभी एड्स सङ्क्रमितका सन्तान, विपन्न, अनाथ, अशक्त तथा असहाय, बालबालिकालाई पालन पोषणसहित शिक्षा प्रदान गरी राष्ट्रियस्तरमा उल्लेखनीय योगदान पुर्याएका व्यक्ति वा सङ्घ संस्थालाई आवेदन दिन भनिएको हो । त्यस्ता संस्था तथा व्यक्तिलाई मन्त्रालयले नगद तथा प्रशंसा पत्रसहितको समाज कल्याण शिक्षा पुरस्कारबाट पुरस्कृत गर्न लागेको हो ।
त्यसका लागि भदौ २० गतेभित्र मन्त्रालयको नीति तथा सहकारी सङ्घ संस्था समन्वय शाखामा निवेदन दिन भनेको हो । निवेदन दिँदा साथमा संस्थाको विधान, सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव, लाभान्वित बालबालिका सङ्ख्या, प्रतिष्ठा र विश्वसनीयताको प्रमाण लगायतका कागजात पेस गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राध्यापक डा.देवी नेपाललाई अन्तर्राष्ट्रिय पुरस्कार
-
बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु
-
बालअधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौँमा सुरू
-
अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन
-
पोखरामा भारतीय सेना प्रमुख, वीरता पुरस्कार विजेताहरुलाई सम्मान
-
चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा