सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु

सोमबार, १० भदौ २०८१, १६ : २६
सोमबार, १० भदौ २०८१

काठमाडौँ । विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ । बारा, पाल्पा र सर्लाहीमा  भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको हो ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ आधाभार जंगलस्थित सडकमा बीएबी ५०३५ नम्बरको कारले बा.५८ प ४१४५ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा  सर्लाही बाग्मती नगरपालिका–४ जिराईत बस्ने ३७ वर्षीय मानबहादुर प्रधान रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै पाल्पाको तानसेन नगरपालिका–१ नारायणडाँडास्थित सडकमा यूपी १४ डीएन १०४ नम्बरको कार अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक भारत उत्तर प्रदेश बस्ने २८ वर्षीय विकास पाठकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।

उता सप्तरीको अग्निसाइर कृष्णसावरण गाउँपालिका–५ छप्की टोलस्थित सडकमा जण्डोलबाट बनौलीतर्फ जाँदै गरेको मधेश प्रदेश–०६–००१ प १४१३ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्रीकाे मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७५ वर्षीया ठगनिदेवी सुतियारको सोमबार दिउँसो मृत्यु भएको हाे ।

सबै घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप