बागमती नदीले सतर्कता तह पार गर्यो
काठमाडौँ । काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा बागमती नदीले सर्तकता तह पार गरेको छ । अहिले दिउँसो २ः४५ बजेको समयमा गौरीघाट जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज सूचना जारी गर्दै पानीको मात्रा बढिरहेकाले बागमती–मनोहरा दोभानसम्मको तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरेको छ । आज दिउँसोदेखि काठमाडौँ उपत्यकाको आसपास क्षेत्रमा भारी वर्षा भएको छ ।
यस्तै पछिल्लो एक घण्टामा गोरखाको बारपाक आसपास क्षेत्रमा मध्यम वर्षा भएको र थप वर्षा हुने अनुमान रहेको उल्लेख गर्दै महाशाखाले बुढीगण्डकी र दरौँदी नदीलगायत आसापासका खोलामा बहाव बढ्नसक्ने चेतावनी दिएको छ । पछिल्लो तीन घण्टामा सिन्धुपाल्चोकको ढुङ्ग्रे, गोब्रे र आसपासका क्षेत्रमा मध्यम वर्षा भएको छ । मेलम्ची, इन्द्रावती, र अन्य साना नदीमा जल सतह बढ्न सक्ने तथा भीरालो क्षेत्रमा पहिरो आउनसक्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिशूली नदीले एक्साभेटर र टिप्पर बगायो
-
हाइटी हिंसामा कम्तीमा तीन हजार ६६१ जनाको मृत्यु : संयुक्त राष्ट्रसंघ
-
विदेशमा रहेका नेपालीको योगदान महत्त्वपूर्ण : परराष्ट्रमन्त्री राणा
-
हिउँमा फसेका एक विदेशीसहित चार पर्यटकको उद्धार
-
नेपाललाई भारतको ४७ करोड अनुदान, १२ सामुदायिक विकाससम्बन्धित योजनाका लागि हस्ताक्षर
-
हेजबुल्लाहसँग २१ दिने युद्धविरामको अन्तराष्ट्रिय आह्वान इजरायलद्वारा अस्वीकार