पूर्वी सुडानमा बाँध भत्किँदा दर्जनौँ बेपत्ता
सोमबार, १० भदौ २०८१, १६ : १५
कायरो । पूर्वी सुडानमा बाँध भत्किँदा दर्जनौँ मानिस बेपत्ता भएका छन् । भारी वर्षाका कारण पूर्वी रेड सी राज्यमा बाँध भत्किएको थियो ।
यस घटनामा दर्जनौँ मानिस हराएको सुडानको स्वास्थ्य मन्त्रालयले भनेको छ । अर्बात बाँध भत्किएपछि अलपत्र परेकाहरूको उद्धारका लागि स्रोत र साधन खटाइएको आइतबार अबेर जारी गरिएको विज्ञप्तिमा मन्त्रालयले भनेको छ ।
बाँध भत्किँदा आएको बाढीमा परेर कम्तीमा ४ जनाको मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ । तर कति जना बेपत्ता छन् भने विज्ञप्तिका यकिनका साथ भनिएको छैन ।
तर स्थानीय अधिकारीहरूले भने सुडानी समाचार संस्था अल तागहिरलाई कम्तीमा ६० जना मरेको र कयौँ बेपत्ता भएको हुनसक्ने बताएका छन् ।
यस घटनामा व्यापक क्षति भएको रेड सी राज्यमा प्रमुख सिँचाइ अधिकारी अमर इस्सा ताहेरले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्यसूची
-
विद्यार्थीलाई ‘ज्याकेट’ वितरण
-
लाभा सहकारीमा मिटरब्याजको धन्दा, ब्याज तिर्दातिर्दै थाके ऋणी
-
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा
-
बेलढुङ्गा–पञ्चकोट साइकल लेन : बजेट अभावले काम रोकियो
-
मृत अवस्थामा फेला परेकी तिनमायाको हत्या ज्वाइँले गरेको खुल्यो