नेपाल एयरलाइन्सको अवस्था चुनौतीपूर्ण छ : मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सको अवस्था चुनौतीपूर्ण रहेको बताएका छन् ।
सोमबार पर्यटन व्यवसायी रामप्रसाद सापकोटाद्वारा लिखित संस्मरणात्मक कृति आधा शताब्दी लोकार्पण गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।
‘नेपाल एयरलाइन्स खस्किएको छ ।अत्यन्तै कमजोर भएको छ । त्यसलाई सुरक्षित बनाउन सकेका छैनौँ । नागरिक उड्डयन क्षेत्र सुरक्षित बनाउन चुनौती छ । यस क्षेत्रलाई सुधार गर्न सकेमा पर्यटन क्षेत्रको विकासका टेवा पुग्ने छ,’ मन्त्री पाण्डेले भने ।
उनले आधा शताब्दी पुस्तकका लेखक सापकोटाले पर्यटन क्षेत्र भएको विकृति, विसंगतिको बारेमा समेत उल्लेख गरेको बताउँदै यस क्षेत्रको सुधारका लागि सम्बद्ध सबैले निष्ठापूर्वक लाग्नु पर्ने बताए ।
मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि आफू निष्ठापूर्वक तरिकाले अघि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश : उद्योगमा रोजगारीको अवसर घट्दो
-
सूर्यनारायणको बार आज कुन राशिलाई कति लाभ ?
-
वर्ष समीक्षा : होटलमा लगानी ओइरिएको वर्ष
-
वर्षान्त २०८१ः गतिमा ऊर्जा क्षेत्र, पहिलोपटक नेपालको बिजुली बङ्गलादेश पुगेको वर्ष
-
कति पुग्यो अमेरिकी डरलको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ
-
इटालियन सिरी’एमा शीर्ष स्थानको इन्टर र युभेन्ट्सलाई सफलता