नेपालमा पहिलोपटक १० किलोमिटर रात्रिकालीन दौड हुने

काठमाडौँ । धारा नेपालगन्ज म्याराथनको १०औँ संस्करणअघि नेपालमै पहिलोपटक नेपालगन्जमा १० किलोमिटर नाइट रन (रात्रिकालीन दौड) आयोजना हुने भएको छ । नेपालगन्ज रात्रिकालीन दौड संविधान दिवसको दिन असोज ३ गते बिहीबार राती हुनेछ ।
नेपालगन्ज म्याराथनको आयोजक संस्था क्रियटिभ ह्याण्ड्सले धारा नेपालगन्ज म्याराथनको १०औँ संस्करणलाई भव्य बनाउन अन्य विभिन्न १० स्पर्धासँगै रात्रिकालीन दौड पनि आयोजना गर्न लागेको जनाएको छ । धारा नेपालगन्ज म्याराथनको १०औँ संस्करण भने आगामी मंसिर २२ मंसिर शनिबार हुनेछ ।
रात्रिकालीन दौड राति ९ बजे स्थानीय बीपी चोकबाट सुरु हुने आयोजकले जनाएको छ । एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स) बाट प्रमाणीकरण रुटमा रात्रिकालीन दौड सञ्चालन गरिने बताइएको छ ।
पहिलोपटक आयोजना हुन लागेकाले रात्रिकालीन दौडमा व्यावसायिक र कम्तीमा पाँच किलोमिटर दौडको अनुभव भएका धावक–धाविकालाई मात्र सहभागी गराइने आयोजकले जनाएको छ । उक्त दौडमा पुरुष, महिला र भेट्रानतर्फको स्पर्धा समावेश गरिएको छ ।
अन्य सहभागीलाई भने फन रनका रूपमा सहभागी गराइने छ । पुरुष र महिलातर्फका शीर्ष तीन खेलाडीलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
भेट्रानतर्फ पहिलो हुनेलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रो हुने खेलाडीलाई पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । रात्रिकालीन दौडका लागि नाम दर्ता गराउन भदौ १५ देखि २० गतेसम्मको समय निर्धारण गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भन्छन्– ‘म्याराडोना सर्वकालीन महान् फुटबलर हुन्’
-
१७ औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगिता चैत्र ७ गतदेखि
-
ब्रेकअपको हल्लाबिच तमन्नाले विजयको कोट लगाएपछि...
-
सम्झौताअनुसार सेवा सुविधा नदिने मेनपावर कम्पनीहरूलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण
-
संशोधनकर्ता दोङ छलफलमा अनुपस्थित
-
रामेछाप लिखु तामाकोसी गाउँपालिकामा गाडी दुर्घटना, ८ जना घाइते