स्नुकरमा झगडा भएपछि हत्या, मृतकको टाउकोमा चोट
![स्नुकरमा झगडा भएपछि हत्या, मृतकको टाउकोमा चोट](https://rpcdn.ratopati.com/archived-media/murder-hatya.jpg)
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० शंखमुलस्थित द टाइम पास स्नुकर एन्ड खाजा घरबाट एक जना युवक दौडिँदै निस्किए । त्यतिबेला सोमबार बिहान १ बजेर ५० मिनेट गइसकेको थियो । युवक भागेको देखेपछि एक जना महिलाले प्रहरीलाई फोन गरिन्, ‘शंखमुलको स्नुकरमा झगडा परेको जस्तो छ, एक जना केटा भागिरहेको छ ।’
प्रहरी वृत्त बानेश्वरका प्रहरी तत्काल घटनास्थलमा पुग्दा ४० वर्षीय रूपक बान्तवा स्नुकरको सोफामा पल्टिरहेका भेटिए । उनको टाउकोमा चोट लागेको थियो । प्रहरीले उनलाई मिनभवनस्थित सिभिल अस्पतालमा पठाए । चिकित्सकले उनलाई साढे २ बजेमा मृत घोषणा गरेका हुन् ।
बारा घर भएका रूपकले शंखमुलस्थित आफ्नै घरमा सो स्नुकर सञ्चालन गरेका थिए । बौद्ध बिहार अघिल्तिर रहेको सो स्नुकरमा बान्तवाको हत्या भएको आशङ्का गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । उनले भने, ‘टाउकोमा चोट देखिएको छ, हामी अनुसन्धान गर्दैछौँ ।’
घटनाबारे वृत्त बानेश्वर र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरूले अनुसन्धान गरिरहेको छन् । सोधपुछका लागि केही शंकास्पदहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दशौँ राष्ट्रिय खेलकुद : भारात्तोलन र जुडोका खेलाडी छानिए
-
फेरि बढ्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
गर्मी बढेसँगै धरहरा चढ्ने समय बढ्यो
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म