आफ्नो लागि बेहुली खोज्दैछन् आमिर खान ?
नयाँ दिल्ली । बलिउडका मिष्टर पर्फेक्शनिष्ट आमिर खानको दुई पटक घरबार बिग्रिसकेको छ । आमिरले पहिलो बिहे सन् १९८६ मा रीना दत्तासँग गरेका थिए । यो बिहेबाट आमिरको दुई सन्तान जुनैद खान र आयरा खान छन् । तर सन् २००२ मा आमिर र रीनाले सम्बन्ध विच्छेद गरे । यसपछि उनी किरण रावसँग प्रेममा परे । उनले किरणसँग बिहे गरे ।
दुबैको एक छोरा आजाद राव खान पनि छन् । तर सन् २०२१ मा किरण र आमिरले सम्बन्ध विच्छेद गरे । दुई पटक घरबार बिग्रिसकेका आमिरको तेस्रो बिहेबारे अनेकौं अफवाह सुन्नमा आइरहेका छन् । दंगलमा आमिरको छोरीको भूमिका निभाएकी अभिनेत्री फातिमा सना शेखसँग पनि उनको नाम जोडिएको थियो ।
हालै रिया चक्रवर्तीको पडकाष्ट च्याप्टर २ मा आमिरलाई बिहेबारे प्रश्न सोधिएको थियो । पडकाष्टमा रियाले अभिनेतालाई अर्को बिहे कहिले गर्ने भनेर सोधेकी थिइन् । यसको जवाफमा आमिरले ‘म ५९ वर्षको भइसकेको छुँ । मलाई लाग्दैन कि म फेरि बिहे गर्छु,’ भनेका थिए । यतिबेला आफ्नो जिन्दगीमा कयौं सम्बन्धहरू भएको पनि उनले बताएका थिए ।
आफू पुनः परिवारसँग जोडिएको, आफ्नो साथमा बालबच्चा, भाई र बहिनी सबै रहेको भन्दै उनले बिहे हुन मुश्किल भएको बताएका थिए । रियाले ‘मैले त आमिर खानलाई दुलही चाहियो’ भनेर विज्ञापन पनि दिइसके भनेकी थिइन् ।
यसको जवाफमा आमिरले यतिबेला त चाहिएको छैन भनेका थिए । ‘म आफ्ना आफन्तहरूसँग खुसी छु । रामो व्यक्ति बन्ने कोशिश गरिरहेको छुँ ।’ उनको भनाइ थियो । आमिरको हातमा यतिबेला सितारे जमीन पर फिल्म छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल