दुरोभसँग लुकाउनुपर्ने केही पनि छैन : टेलिग्राम
मस्को । म्यासेजिङ एप टेलिग्रामले आफ्नो प्रमुख कार्यकारी अधिकारी (सीईओ) पाभेल दुरोभसँग लुकाउनुपर्ने केही पनि नभएको बताएको छ । दुरोभलाई एपसँग सम्बन्धित मामिलामा आइतबार पेरिसको विमानस्थलबाट पक्राउ गरिएको थियो । दुरोभको नाममा पक्राउ पुर्जी जारी गरिएको थियो ।
उनीमाथि आपराधिक गतिविधिमा टेलिग्रामको प्रयोग रोक्न कदम चाल्न नसकेको आरोप लागेको छ । लागु औषध ओसारपसार, बालयौन सामाग्री र धोकाधडी रोक्न नसकेको भन्दै एपको आलोचना हुने गरेको छ । उद्योगको मापदन्डअनुसार आफूलाई सच्याइरहेको र यसमा सुधार आइरहेको कम्पनीले एउटा विज्ञप्तिमा भनेको छ ।
म्यासेजिङ एप र यसका मालिक टेलिग्रामको दुरुपयोगका लागि जिम्मेवार हुन् भन्ने दाबी निरर्थक रहेको कम्पनीले भनेको छ । आइतबार दुरोभको हिरासत अवधि ९६ घण्टा बढाइएको थियो । रुसमा जन्मिएका दुरोभले सन् २०१३ मा रुसमै टेलिग्राम सुरु गरेका थिए । तर रुसी सरकारले एपमा हस्तक्षेपका लागि दबाब दिन थालेपछि सन् २०१४ मा उनले रुस छाडेका थिए ।
अहिले उनी दुबईमा बस्दै आएका थिए । टेलिग्राम रुस, युक्रेन र पूर्व सोभियत सङ्घका देशहरूमा लोकप्रिय म्यासेजिङ एप हो । टेलिग्राममा २ लाख सदस्यको एउटा समूह बनाउन सकिन्छ । यसले गलत सूचना प्रचार प्रसारमा झनै सजिलो भएको आलोचकहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलको मेगा अक्सनमा बिक्री नभएका यी चर्चित क्रिकेटर !
-
कीर्तिपुरको मेयरबाट एकीकृत समाजवादीले लियो उम्मेदवारी फिर्ता, माओवादी केन्द्रलाई समर्थन
-
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले लिए शपथ
-
एमाले लुम्बिनीका सांसद पार्टी सदस्यबाट निलम्बन
-
माग पूरा नभएसम्म हडताल गर्ने पीटीआईको घोषणा
-
दलतन्त्रको अन्त्यका लागि आन्दोलनलाई सशक्त बनाउने आजपाको निर्णय