मध्यपूर्वमा भड्कियो युद्ध

तेल अभिभ । मध्यपूर्वमा यतिबेला युद्ध भड्किएको छ । इजरायल र हमासबिच युद्ध चलिरहेकै समयमा इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाहबिच पनि लडाई जारी छ । दुवैले एक अर्कालाई निशाना बनाएर मिसाइल र रकेट हमला गरिरहेका छन् ।
बेरुतमा आफ्ना शीर्ष नेता फुआद शुक्रको हत्यापछि भड्किएको हिजबुल्लाहले आइतबार इजरायलमाथि एकपछि अर्को गर्दै सयौँ रकेट र मिसाइल हान्यो । आफ्नो आइरन डोम हवाई प्रतिरक्षा प्रणाली एक्टिभेट गरेकोले हिजबुल्लाहले हानेको सबै रकेट र मिसाइल ध्वस्त बनाएको दाबी इजरायलले गरेको छ ।
यसको प्रतिकारमा इजरायलले पनि हिजबुल्लाहको गढहरूमा रकेट प्रहार गरेको थियो । यस आक्रमणमा आफ्ना तीन लडाकु मारिएको हिजबुल्लाहले भनेको छ । इजरायली जेटले आइतबार हिजबुल्लाहमाथि हजारौं रकेट प्रहार गरेको थियो । आफूले पनि ३२० वटा रकेट र ड्रोन हानेको हिजबुल्लाहले भनेको छ ।
इजरायली सेनाका अनुसार आक्रमणमा परेर इजरायली जल सेनाका एक जवानको मृत्यु भएको छ । गाजामा युद्धका कारण १० महिनादेखि मध्य पूर्वमा स्थिति पहिला देखि नै तनावग्रस्त छ । यस्तोमा त्यहाँको स्थिति थप बिग्रिन नदिन काम गरिरहेको अमेरिकाले बताएको छ । अक्टोबर ७ मा गाजामा इजरायल र हमासबिच युद्ध छेडिएयता इजरायल र लेबनानले पनि एक अर्कालाई दिनँहुजसो रकेट हानिरहेका छन् ।
कायरोमा अमेरिकाको समर्थनमा भएको गाजा शान्ति वार्ताको पछिल्लो चरण पनि निस्कर्षबिहिन टुङ्गिएको थियो । वार्ताबाट निस्किनुअघि हमासले गाजाले राखेको नयाँ सर्त मान्दै नमान्ने भन्दै इजरायललाई वाचाबाट पछाडि हटेको आरोप लगाएको थियो ।
इजरायलले भने जुलाईको सुरुमा वार्ता सकिएयता आफूले आफ्नो मागमा कुनै हेरफेर नगरेको बताइरहेको थियो । अक्टोबरयता इजरायली आक्रमणमा परेर लेबनानमा ५६० जनाभन्दा धेरैको मृत्यु भइसकेको लेबनानको स्वास्थ्य मन्त्रालयले भनेको छ ।
मर्नेमा अधिकांश हिजबुल्लाहका लडाकु छन् । यसमा २६ जना सर्वसाधारण र २३ जना भने सेना पनि परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अधिकांश विदेशी मुद्राको भाउ बढ्यो, कसको मूल्य कति ?
-
अबुधावीबाट नेपाली श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी