युएईमा तिज विशेष सांस्कृतिक कार्यक्रम हुँदै
सोमबार, १० भदौ २०८१, १२ : ३०

युएई । यस पटकको तिजमा युएईवासी नेपालीहरूलाई गायिका हरिदेवी कोइराला, गायक पुरुषोत्तम न्यौपाने र गायिका आशा बिसीले साङ्गीतिक प्रस्तुतिमार्फत मनोरञ्जन दिने भएका छन् ।
युएईमा विगत एक दशकदेखि विभिन्न सामाजिक गतिविधिमा क्रियाशील कास्की आदर्श समाज युएईको आयोजनामा तीज विशेष सांस्कृतिक कार्यक्रमका लागि उनीहरू युएई जान लागेका हुन् ।
कार्यक्रम सेप्टेम्बर १ अर्थात् भाद्र १६ २०८१ का दिन युएईको बरदुवैस्थित अस्टोरिया होटेल को याक एन्ड यति क्लबमा हुने तय भएको समाजका महसचिव यम रानाभाटले बताए । उनले कार्यक्रमका लागि तयारी पुरा भईसकेको पनि जानकारी दिए ।
पछिल्लो समय तीजका कतिपय गीतहरू विवादित बनेको अवस्थामा कास्की आदर्श समाज युएईले पुराना कलाकारको उपस्थितिमा फरक किसिमको कार्यक्रम गर्न लागेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी विधेयक २०८१’ परिमार्जन गर्ने सहमति
-
कहाँ पुग्यो रेशम चौधरी र सीके राउतको मिलन ?
-
सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक छ : प्रचण्ड
-
बाढी पहिरोले क्षतिग्रस्त बिपी राजमार्गको मर्मत तीव्र
-
अस्ट्रेलियाविरुद्धको सेमिफाइनलमा विराट कोहलीको आँखा यी तीन कीर्तिमानमा
-
थापाथलीमा फुटेको मेलम्चीको पाइप मर्मत कार्य सुरु