अस्ट्रेलियामा लागू भयो ‘राइट टु डिस्कनेक्ट’, कार्यालयपछि कर्मचारीले कार्यालयको फोन नउठाएपनि हुने
मेलबर्न । अस्ट्रेलियामा ‘राइट टु डिस्कनेक्ट’ अर्थात् नियमित कार्य समय सकिएपछि कार्यालयबाट आउने फोन उठाउनु नपर्ने वा म्यासेज/इमेल पढ्नु नपर्ने कानुन लागू भएको छ ।
दिनभर कार्यालयमा काम गरेर पनि घरमा आएपछि कामसँग सम्बन्धित फोन उठाउनु पर्ने वा इमेल वा म्यासेज हेर्नु पर्ने तनावबाट यसले अस्ट्रेलियालीहरूलाई राहत दिएको छ । कर्मचारीले चाहे भने हाकिमको गाली खाइने हो वा कारबाहीमा परिने हो कि भन्ने भयबिना कार्यालयबाट आउने फोन, इमेल वा सामाजिक सञ्जालमा बनाइएका समूहमा आउने म्यासेजलाई बेवास्ता गर्न सक्नेछन् ।
अस्ट्रेलियालीहरूले वर्षभरिमा २८१ घण्टा पैसा नलिईकन ओभरटाइम गर्ने गरेको गएको वर्ष सार्वजनिक भएको एउटा जनमत सर्वेक्षणले देखाएको थियो । युरोप र ल्याटिन अमेरिकाका २० भन्दा बढी देशमा यस्तै नियम लागू भइसकेको छ । यस कानुनले नियमित कार्य समयपछि पनि आफ्ना कर्मचारीलाई सम्पर्क गर्नबाट भने रोजगारदाताहरूलाई रोक लगाएको छैन । तर यसले अनुचित छैन भने रोजगारदाता वा कम्पनीबाट आउने फोन नउठाउँदा पनि हुने अधिकार कर्मचारीलाई दिएको छ । नयाँ कानुनअनुसार रोजगारदाता र कर्मचारी दुवैले आपसी विवाद आफैँले सुल्झाइने कोसिस गर्नु पर्नेछ ।
दुबैलाई मान्य हुने बिन्दुमा पुग्न सकिएन भने अस्ट्रेलियाको निष्पक्ष कार्य आयोग (एफडब्ल्यूसी)ले हस्तक्षेप गर्न सक्नेछ । त्यसपछि एफडब्ल्यूसीले रोजगारदातालाई नियमित समयपछि कर्मचारीलाई सम्पर्क बन्द गर्न आदेश दिनेछ । अति नै जरुरी परेको अवस्थामा समेत कर्मचारीले फोन नउठाएको वा म्यासेज वा मेलको जवाफ नदिएको पाइएमा एफडब्ल्यूसीले कर्मचारीलाई ‘जवाफ देऊ’ आदेश दिन सकनेछ ।
एफडब्ल्यूसीको आदेश नमानेको पाइएमा रोजगारदातालाई ९४ हजार अष्ट्रेलियाली डलर र कर्मचारीलाई १९ हजार अष्ट्रेलियाली डलरसम्म जरिवाना लगाउन सकिनेछ । यो कदमको कर्मचारी संगठनहरूले स्वागत गरेका छन् । नयाँ नियमबारे रोजगारदाताहरूले भने मिश्रीत प्रतिक्रिया दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न समितिको निर्देशन
-
आयरल्यान्डसँग स्तब्ध हुँदै उपाधि होडबाट बाहिरियो पाकिस्तान
-
धावनमार्ग नजिकका पक्की पर्खाल भत्काउँदै दक्षिण कोरिया
-
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
-
कवाडी व्यवसायीको विषयमा जसपा नेपालले गरायो सरकारलाई ध्यानाकर्षण
-
पौडेल र सेयर बजारको ‘ट्युनिङ’ पनि फेल