धेरै कमाउने ५ फिल्मलाई क्यूएफएक्सले दियो अवार्ड
काठमाडौँ । फिल्म महाजात्रा, बोक्सीको घर, दिमाग खराब, पुजार सार्की र भष्मे डन धेरै कमाउने फिल्मको रूपमा पुरस्कृत भएका छन् ।
मुलुकको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले आर्थिक वर्ष २०८०र२०८१ मा आफ्नो हलमा धेरै व्यवसाय गर्ने फिल्मका रूपमा यी ५ फिल्मलाई सम्मान गरेको हो । यी फिल्म टिकट बिक्रीका आधारमा धेरै कमाउने फिल्म बनेका हुन् ।
आइतबार अबेर साँझ होटेल सोल्टीमा आयोजित एक कार्यक्रममा क्यूएफएक्सले विज्ञापनमा योगदान दिने तीन विज्ञापन एजेन्सीलाई समेत अवार्ड दिएको थियो । जसमा जसमा एडी रिलिज, म्याक्स मिडिया र अभानी कम्युनिकेसन सोलुसन रहेका छन् ।
कार्यक्रममा उदाहरणीय कार्य गरेको भन्दै फिल्म ‘बोक्सीको घर’ले अवार्ड बुझ्दा धेरै कमाइ गर्ने फिल्मका ५ वितरण कम्पनीलाई पनि अवार्ड प्रदान दिइएको थियो । ती वितरकमा एप्पल इन्टटेनमेन्ट, ए–एट् डिष्ट्रिब्युसन, ब्यांकटेस इन्टरटेनमेन्ट, एफडी कम्पनी र डीसीएन रहेका छन् । विजेता सबैलाई क्वेस्ट इन्टरटेनमेन्टका निर्देशकहरु नकिम उद्दिन, भाष्कर ढुंगाना र राजेश सिद्दिले अवार्ड दिएका थिए ।
कार्यक्रममा विभिन्न जिल्लाबाट आएका क्यूएफएक्स फ्रेन्चाइजका साझेदार र कलाकारलाई समेत अवार्ड बाँडिएको थियो ।
क्यूएफएक्सकी प्रबन्धक तृप्ति गिरीले दुई दशकभन्दा बढी समयदेखि क्यूएफएक्सले फिल्ममार्फत नेपाली समाजलाई मनोरञ्जन दिएको बताइन् ।
देशभर अहिले क्यूएफएक्सका १७ हलमा ४० पर्दा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविविरुद्ध मुद्दा दायर हुँदै, मिसिल र प्रमाणहरू अदालतमा पेस
-
संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ: महामन्त्री थापा
-
विंगर साकाको चोटले प्रशिक्षक आर्टेटालाई थप्यो चिन्ता
-
बालुवाटार बोलाएर प्रधानमन्त्रीले गरे जनकपुर बोल्ट्सलाई सम्मान
-
अमेरिकामा टर्याे सरकारी कामकाज ठप्प हुने सम्भावना
-
झापामा ४ केजी गाँजासहित एक महिला पक्राउ