युक्रेनमा भएको मिसाइल आक्रमणमा बेलायती नागरिकको मृत्यु

कीएभ । रोयटर्स समाचार टोलीको एक सदस्यको रूपमा पूर्वी युक्रेनमा काम गरिरहेका एक बेलायती नागरिक शनिबार होटलमा भएको मिसाइल आक्रमणमा मारिएका छन् ।
सुरक्षा सल्लाहकार रायन इभान्स क्रामाटोर्स्क सहरको होटल सफायरमा बसेका छ जना रोयटर्स कर्मचारीहरू मध्ये एक थिए । यो सहर युक्रेनी नियन्त्रणमा छ तर फ्रन्टलाइनको नजिक छ ।
युक्रेनी अधिकारीहरूले होटलमा रुसी मिसाइल प्रहार भएको बताएका छन्। रुसले यसबारे टिप्पणी गरेको छैन।
आक्रमणमा घाइते भएका टोलीका अन्य दुई सदस्यहरू अस्पतालमा भर्ना भएका छन् । ती मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
युक्रेनको राष्ट्रिय पुलिसले १९ घण्टाको खोजी पछि आइतबार होटलको भग्नावशेषबाट ४० वर्षीय बेलायती व्यक्तिको शव फेला परेको जानकारी दिएको थियो।
टेलिग्राममा लेख्दै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मारिएका व्यक्तिको ‘परिवार र साथीहरूलाई’ आफ्नो समवेदना व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमबीबीएस तथा बीडीएस संकायका सिट संख्या बढाउनु खतरनाक
-
लिभरपुलमै रहलान् कि रियल म्याड्रिड बसाइँ सर्लान् ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड ?
-
काठमाडौँ उपत्यकामा कहाँबाट कति हुन्छ तरकारी आपूर्ति ?
-
‘कर्मचारीको अवकाश उमेर ५८ बाट ६० वर्ष बनाउँदा वार्षिक ६० अर्ब रुपैयाँ बचत हुन्छ’
-
अस्ट्रेलियामा डुबेर मर्नेको सङ्ख्या ७ पुग्यो
-
उद्योगीको ‘लबिङ’मा ४५० केजीको ग्यास सिलिन्डर आयातको तयारी