पाँच गोलको थ्रिलरमा बायर्न विजयी
सोमबार, १० भदौ २०८१, ०७ : ०३

वोल्सवागन एरिना । सर्जी ग्नाब्रीले खेलको अन्त्यतिर गोल गर्दा बायर्न म्युनिखले बुन्डेस लिगामा वूल्फस्बर्गलाई पाँच गोलको थ्रिलरमा हराएको छ । आइतबार राति भएको खेलमा बायर्न ३–२ गोलले विजयी भएको हो ।
खेलको १९ औँ मिनेटमा जमाल मुसियालाले बायर्नलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको सुरुवातमा नै वूल्फस्बर्गले पेनाल्टी पायो । लोभ्रो मजेरले सजिलै त्यसलाई गोलमा परिणत गरे ।
लगत्तै उनले दोस्रो गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । यद्यपि, १० मिनेटपछि जाकुम कामिन्सिकीले आत्मघाती गोल गरेपछि बायर्न खेलमा फर्कियो । खेलको ८२ औँ मिनेटमा ग्नाब्रीले गोल गर्दै टोलीलाई जित दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलामुखिको बार आज कुन राशिलाई कस्तो फल ?
-
नेपालमा कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?
-
सगरमाथाको काखमा उभिएर कतारकी राजकुमारीले भनिन्-‘हिमालमा जीवन छैन’
-
‘प्रोजेक्ट बैङ्क’मा राखिएका १० हजारबढी आयोजना कटौती
-
आर्सनलको बराबरीले लिभरपुललाई उपाधि जित्न सहज, च्याम्पियन बन्न १ अंकको आवश्यकता
-
आईपीएल : मुम्बईले शान बढाउँदा, हैदरावादको हरिविजोग