चट्याङ लागेर एक बालकको मृत्यु, एक घाइते

पाँचथर । पाँचथरमा चट्याङ लागेर विद्यालयबाट फर्कँदै गरेका बालकको मृत्यु भएको छ । तुम्बेवा गाउँपालिका–२ हुलाक टोलका डिल्लीराम तिम्सिनाका छोरा १५ वर्षीय दर्शन तिम्सिनाको आज ३ः१० बजे विद्यालयबाट घर फर्कने क्रममा चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
इन्द्राणी माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत बालक वडा–३ सहिद पार्क छेउ पुग्दा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो । मृतकसँगै घर फर्कँदै गरेका उनका दाजु १७ वर्षका लभसन तिम्सिना भने घाइते भएका छन् ।
बेहोस भएका लभसनलाई स्वास्थ्य चौकी मौवामा प्राथमिक उपचार गरी थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको तुम्बेवा गाउँपालिका–३ का निवर्तमान वडाध्यक्ष कमल थापाले जानकारी दिए ।
घटनाका सम्बन्धमा अध्ययन गर्न इलाका प्रहरी कार्यालय रबिबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ केजी ४७५ ग्राम सुनसहित विमानस्थलबाट ४ जना पक्राउ
-
कर्णाली सरकारले ल्यायो ‘घर बीमा’ कार्यक्रम
-
ट्रम्पको क्याबिनेट बैठकको कभरेज गर्नबाट प्रमुख समाचार संगठनमाथि रोक
-
सामाजिक अधिकार एक सेन्टिमिटर पनि तलमाथि हुँदैन : प्रधानमन्त्री
-
नेपाल विश्वकै प्रदूषित सहरको सूचीमा, वायु गुणस्तर ‘अत्यन्तै अस्वस्थकर’
-
स्याङ्जामा मगर दिवस मनाइँदै